सुनापति–४ बेथानलाई नमूना बनाउछुः अध्यक्ष घिसिङ



२१ जेठ, काठमाडौं ।
रामेछाप सुनापति गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङले बेथानलाई नमूना बनाउने बताएका छन् । उनले जनताले निकै माया र विश्वास गरेर आफूलाई निर्वाचित गराएको बताउदै उनले आगामी बर्षभित्रमा बेथान वडालाई नमूना बनाएर देखाउने बताएका हुन् । घिसिङले वडाको विकासको लागि गुरु योजना बनाएरै काम गर्ने बताए । उनले भने,‘बेथान वडाको विकास गर्नको लागि सबैको साथ र सहयोगको खाँचो छ, सबैको सल्लाह सुझावलाई आत्मसाथ गरेर वडाको विकासमा लाग्छु ।’


निर्वाचित वडा अध्यक्ष घिसिङको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि दलगत स्वार्थ भन्दा माथि रहेर जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास निर्माणको कामलाई पारदर्शी रुपमा अगाडि बढाउने बताउदै घिसिङले जनताबाट पाएको माया र बिश्वासलाई कुनैपनि हालतमा खेर जान नदिने बताए । कठिन परिस्थिमा पनि जनताले आफूलाई जिताएको उल्लेख गर्दे घिसिङले कसैलाई पनि भेदभाव नगरी निष्पक्ष भएर जनताको काम गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि गणेश बहादुर बलले सबै जनताका मन जित्नका लागि सर्बप्रथम बिरोधीहरुको काम गरेर देखाउन अध्यक्ष घिसिङलाई आग्रह गरे । उनले समाजमा राम्रो काम गर्ने ब्यक्तिलाई कसैले पनि तिरस्कार नगर्ने बताउदै खड्ग घिसिङ भाबी दिनमा राम्रो काम गरेर बेथान वडाको जनताको ढुकढुकी बन्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा समाजसेवी तथा व्यवसायी धनलाल घिसिङले निस्वार्थ रूपमा जनताको सेवा गर्न स्वच्छ छबि भएका ब्यक्तिका लागि कुनै पनि पार्टीको झन्डा बोक्न आवश्यकता नभएको बताए ।
कार्यक्रममा निर्वाचनमा लागेको खर्चले उम्मेदवारलाई आर्थिक भार नपरोस् भन्ने उदेश्यले लागेको सम्पूर्ण खर्च दाजुभाई तथा आफन्तजनहरुले दामासाहीमा ब्यहोर्ने घोषणा समेत गरेको छ । सो समारोहमा युवा समाजसेवीहरु नवीन लामा, युवराज दोङ, ज्ञान बहादुर दोङ लगायतले घिसिङको कार्यकाल सफलताको कामना गर्दै घिसिङको हरेक कार्यमा सामाजिक हितको लागि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बिगत लामो समय देखि जिल्लामा शैक्षिक क्षेत्रको गुणस्तर र बिकासमा उल्लेखनीय योग्दान पुर्याएर जनताको मन जित्न सफल आफ्नै गाउँका डहू माबि पूर्व प्रअ समेत रहेका घिसिङ माओवादी केन्द्रका जिल्ला शिक्षक संगठनका अध्यक्ष समेत थिए । टिकट पाउने निश्चित भनिएता पनि अन्तिममा नपाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएर सुनापति गाउँपालिका–४ बेथानको वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्