देउवा नेतृत्वको  सरकारमा तीन उपप्रधानमन्त्री, सात सदस्य मन्त्रीमण्डल



२४ जेठ, काठमाडौं ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री गरी सात सदस्यीय मन्त्रीमण्ड गठन गरेका छन् । गृह मन्त्रीमा जनार्दन शर्मा र अर्थमन्त्री भने ज्ञानेन्द्रबहादुर कार्की भएका छन् ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेका छन् । उपप्रधानसहित ६ जना मन्त्रीहरुले बुधवार नै कार्यभार सम्हालेका छन् ।

कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्