परराष्ट्रमन्त्री महराको स्वकीय सचिवमा युवराज चौलागाई नियुक्त



२६ जेठ, काठमाडौं ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको स्वकीय सचिवमा युवा नेता युवराज चौलागाई नियुक्त भएका छन् । रामेछाप निवासी चौलागाई विदेश विभाग सचिव समेत हुन् । पार्टीमा राम्रो छवि बनाएका युवा नेता चौलागाई कशुलतापूर्वक विदेश विभागको जिम्मेवारी सम्हालदै आएका छन् ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको स्वकीय सचिवमा नियुक्त भएका युवा नेता चौलागाईले उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफूलाई उपयुक्त देखेर दिएको सामान्य तर अर्थपूर्ण जिम्मेवारीप्रति खुसी व्यक्त गरेका छन् । उनले भने,‘कयौं मित्रहरुका नलेखिएका अनुभूत गरिएका भावहरुसँग म परिचित र सचेत छु, सुभेच्छा र निन्ताहरुले मजबुत बनाएका छन, सकारात्मक मनहरुलाई निराश पार्ने छैन, सुझाव, निकट सहयोग र सकारात्मक सक्रियताको अपेक्षा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्