रामेछाप–काठमाडौं पत्रकार समाजले आज रामेछापका स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै



२८ जेठ, काठमाडौं ।
रामेछाप–काठमाडौं पत्रकार समाजले रामेछापको विकासको लागि स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि जिल्लाका सांसद र रामेछापका राजनीतिक दलका नेताहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । राजधानीको तीनकुनेस्थित ए वान क्याफेमा आयोजना गरेको कार्यक्रममा रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, रामेछापका सांसद र राजनीतिक दलका युवा नेताहरुसँग अन्तक्रिया कार्यक्रम गर्न लागेको हो ।

रामेछाप जिल्लाको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख सांसद र राजनीतिक दलका नेताहरुसँग कार्यक्रम गर्न लागिएको रामेछाप–काठमाडौं पत्रकार समाजका अध्यक्ष मधुसुदन रायमाझीले बताए । उनले भने,‘रामेछाप जिल्लाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न लागेका हौ ।’

करिब छ महिना अघि रोछापबाट काठमाडौंका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सक्रियतामा रामेछाप–पत्रकार समाज गठन गरेको थियो । समाजले आगामी दिनमा निरन्तर जिल्लाको विकास निर्माणको लागि बहस र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष रायमाझीले जानकारी दिए । कार्यक्रममा रामेछापका ८ स्थानीय तहका प्रमुख उपप्रमुख १६ जना, सांसद ४जना,युवा नेताहरु र रामेछापबाट काठमाडौंमा रहेर पत्रकारित गर्ने पत्रकारहरुको सहभागीता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्