रामेछापका सांसद श्रेष्ठलाई मन्त्री बनाउन माग



२८ जेठ, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’लाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाउन रामेछापवासीले माग गरेका छन् । रामेछापको दोरम्बा र बेथानको इतिहासको सम्मान गर्नको लागि सांसद श्रेष्ठलाई मन्त्री बनाउन माग गरेका हुन् ।

शान्ति प्रक्रियामा आएपछि माओवादीको नेतृत्वमा सरकार बन्दा समेत रामेछापबाट माओवादीका एक जना पनि मन्त्री बन्न सकेका छैनन् । पार्टीले दोरम्बा र बेथानको गाथा गाउने गरेपछि मन्त्री बनाउन भने नेतृत्वले वेवास्था गर्दै आएको गुनासो रामेछापका नेता र तथा कार्यकर्ताहरुले गुनासो गरेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट रामेछापबाट चार जना सभासद भएपनि एक जना पनि मन्त्री बन्न सकेनन् । संविधानसभाको दोस्रो निर्वाचनबाट रामेछापबाट क्षेत्र नम्बर २ बाट निर्वाचित श्रेष्ठलाई मन्त्री बनाउन जनताले दबाब दिएका छन् ।


तीन पटक माओवादीको नेतृत्वमा सरकार गठन हुँदा समेत रामेछापले एक जना पनि मन्त्री पाउन सकेको छैन् । अहिले मन्त्री बन्ने सूचिमा सांसद श्रेष्ठको नाम रहेपछि नेता अग्नी सापकोटा र हरिबोल गजुरेलले पनि दाबी गरेका छन् । सापकोटा दुई पटक र गजुरेल एक पटक मन्त्री बनिसकेका छन् ।
रामेछापका पूर्व सभासद एवं नेता लक्ष्मी गुरुङले रामेछापको दोरम्बा र बेथानको इतिहासको सम्मान गर्न पनि यस पटक रामेछापबाट पार्टीले मन्त्री बनाउनु पर्ने बताइन । उनले भनिन,‘पार्टीले अहिलेसम्म रामेछापलाई उपेक्षा गरेको छ, यस पटक न्याय गर्ने आश छ ।’

प्रतिक्रिया दिनुहोस्