एसईई परीक्षाको नतिजा शुक्रवार



१ असार, काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि शुक्रबार सार्वजनिक गर्ने भएको छ। प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
विगतका वर्षहरुमा एसएलसी भनिएको यस परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन शंसोधनसंगै एसईई नामाकरण गरिएको हो। परीक्षामा नियमित र आंशिक गरेर पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन्।
परीक्षा गत चैत तीन गतेदेखि शुरु भएको थियो। गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनसंगै विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा एकदेखि आठलाई आधारभूत र नौदेखि बाह्रलाई माध्यमिक तह मानिएको थियो।
विगतमा माध्यमिक तहको अन्तिममा लिइने भएकोले कक्षा दशको अन्तिममा लिइने परीक्षालाई एसएलसी भनिएको थियो। तर, यस पटकबाट भने कक्षा बाह्रको अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो।

प्रतिक्रिया दिनुहोस्