रामेछापमा एसईई परीक्षामा डहु माविबाट प्रथम भइन लक्की



२ असार, रामेछाप ।
रामेछाप जिल्लामा यस बर्षको एसईई परीक्षामा  सुनापति गाउँपालिका–४ बेथानस्थित डहु मावि डहुकी छात्रा लक्की लामा उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएकी छिन् । लामाले ग्रेट प्वाइन्ट एभरेज (जेपिए) ३.८५ ल्याएर जिल्ला प्रथम बन्न सफल भएकी हुन् ।


रामेछाप जिल्लाकै नमूना सामुदायिक विद्यालय डहु माविबाट एसईई परीक्षामा ३८ जना विद्यार्थी सहभागी रहेका थिए । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा अवस्थित नमूना सामुदायिक विद्यालय डहु मावि डहुले विगतको बर्षहरुमा पनि राम्र्रो नजिता ल्याउन सफल हुँदै आएको थियो । डहु मावि डहुका प्रअ दलबहादुर लामाले सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट नजिता ल्याउन सफल भएकोमा खुसी रहेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘नमूना विद्यालय बनाउन सफल भएको थियौ, अहिले सामुदायिक विद्यालयतर्फ जिल्लाकै प्रथम हुन सफल भएका छौ, शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनतले यो परिणाम ल्याउन सफल भएका छौं ।’ प्रअ लामाले जिल्ला प्रथम हुन सफल भएकी छात्रा लक्की लामा सहित सबै विद्यार्थीहरुलाई बधाई दिएका छन् ।

यस्तो छ डहु माविबाट एसईईमा सहभागी विद्यार्थीहरुको नजिताः

1.लक्की लामा GPA 3.85
2.इभान्जेलिना बल। GPA 3.60
3. सनिम लामा GPA 3.60
4. रमिना लामा GPA 3.60
5. वासुदेव घिमिरे GPA 3.6
6. सलीना लामा GPA 3.45
7. ज्वाला लामा GPA 3.45
8.दिनेश लामा GPA 3.50
9. कविता लामा GPA 3.45
10. दीपेन्द्र लामा GPA 3.40
11.रोहन लामा GPA 3.30
12. साजन लामा GPA 3.25
13.सम्झना लामा GPA 3.25
14.सीता लामा GPA 3.20
15.सिर्जना तामाङ. GPA 3.05
16.समृता लामा GPA 3.15
17.विष्णु घिमिरे GPA 3.05
18.अञ्जलि बल GPA 3.00
19.लक्ष्मी लामा GPA 2.95
20.अनु लामा GPA 2.85
21.सवीना लामा GPA 2.85
22.सहारा लामा GPA 2.85
23.अर्चना लामा GPA 2.90
24.अस्मिता लामा GPA 2.80
25.जीना लामा GPA. 2.80
26.अभिषेक लामा GPA 2.70
27.रूपेश माझी GPA 2.65
28.युनिशा घिसिङ. GPA 2.75
29.विनोद पौडेल. GPA 2.65
30. नानुमाया लामा GPA 2.75
31.फुरसङ्ग लामा GPA 2.65
32.कविता लामा GPA 2.65
33.सुकुमाया लामा GPA 2.65
34.सोनी माझी GPA 2.75
35. सिर्जना थिंग. GPA 2.65
36.विवेश लामा GPA 2.50
37.वुद्ध लामा GPA 2.55
38. विष्णु गौतम GPA 2.45

प्रतिक्रिया दिनुहोस्