डहु माविको सफलताको कथाःनमूना विद्यालयदेखि एसईई परीक्षामा रामेछापकै प्रथमसम्म



२ असार, रामेछाप ।
कुनै पनि सफलता एकै पटक हात पर्दैन । सफलता प्राप्त गर्नको लागि निरन्तर मेहनत र धैर्यताको खाँचो पर्छ । समयको गतिलाई पक्रन सक्नेले नै सफलताको शिखर चढन सक्छ भनेझैं रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ बेथानस्थित डहु मावि डहुले पनि शिक्षा क्षेत्रमा नमूना रुपमा परिचित गराएको छ ।

रामेछाप जिल्लाभर रहेका सामुदायिक विद्यालय मध्ये नमूना बनाउन सफल भएको डहु माविले यस बर्षको एसईई परीक्षामा जिल्लाकै प्रथम नतिजा हासिल गर्न सफल भएको छ । जिल्लाभर सञ्चालनमा रहेको सामुदायिक विद्यालय र बोर्डिङ स्कुललाई पछि पादै डहु माविकी लक्की लामा रामेछाप जिल्लाका प्रथम हुन सफल भएकी छिन् । विद्यालयमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको साथ नै सफलताको कारण बनेको छ । डहु माविबाटै जिल्ला प्रथमसँगै सामुदायिक विद्यालय तर्फबाट छात्राहरु मध्ये इभान्जेलिना वल, रमिना योञ्जन, सनिम लामा ३.६० जेपिए सहित जिल्ला दोस्रो भएका छन् ।

डहु मावि डहुका प्रअ दलबहादुर लामा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक उन्नयनका लागि समर्पित अध्यक्ष, र प्रशासक हुनुपर्ने मान्यता राख्छन् । लामाले भन्छन–समय र युगको माग अनुसार हामीले पठनपाठनको शैली अपनायौ, जसको कारण आज रामेछाप जिल्लाकै नमूना र यस बर्षको एसईई परीक्षामा प्रथम हुन सफल भयौं ।’

विद्यालयलाई नमूना बनाउनजको लागि अभिभावकहरको साथ र सहयोगको पनि ठूलो भूकिका रहेको बताउदै लामाथ थपे विद्यार्थीहरुको सिकाईको लागि अभिभावाकलाई बढी जवाफदेही बनाउनु पर्ने बताए । ‘विद्यार्थीमा शैक्षिक जागरण ल्याउने प्रेरक विद्यालयका शिक्षकहरु हुन्’, प्रअ लामाले भने,‘शिक्षक पेशाप्रति सन्तुष्टि भएका सामाजिक सेवामा लाग्ने चाहना भएका र नमूना शिक्षक नमूना विद्यालय बनाउन लागि पर्ने व्यक्तिहरुले यो पेशालाइ सम्हाल्नु पर्छ ।’
डहु मावि आर्थिक रुपमा सम्पन्न भएर नमूना विद्यालय बनेको होइन । राम्रो व्यवस्थापनकै कारण नमूना विद्यालय बन्न सफल भएको हो । शिक्षासँगै असल संस्कार दिएको विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने गरी लाग्ने अठोठ व्यक्त गरेको छ ।


रामेछापका कतिपय विद्यालयहरु राजनीतिक चपेटमा परेको कारण सोच अनुसारको पठनपाठन र नतिजा ल्याउन सकेका छैनन् । डहु माविमा कुनै पनि राजनीतिक प्रभाव पर्न दिइएको छैन् । अभिभावकमा विद्यालयप्रति दिएको एकता, शिक्षकहरुमा विद्यार्थी र विद्यालयप्रति झल्किएको दायित्वबोध र विद्यालय प्रशासनको उत्कृष्ट कार्यशैली नै डहु माविले नमूना बनाउन अपनाएको विधि हो ।
डहु मावि शहरको सुविधा सम्पन्न बोर्डिङ स्कुल भन्दा कम छैन । सरसफाई, कक्षाकोठाको सजावट, विद्यार्थीहरुमा देखिने अनुशासकै कारण जिल्लामा उत्कृष्ट विद्यालयको रुपमा उभ्याउन सफल भएको छ । विद्यालयमा शिक्षकको अफिस भन्दा सुन्दर सफा बालमैत्री कक्षाकोठा, बालबालिकाको आत्म सम्मान हुने सिकाई, आधुनिक प्रविधि मार्फत पठन पाठन हुँदै आएको छ । प्रअ लामा भन्छन,‘शिक्षक, विद्यार्थी र अभिभावकले आफ्नो समाजप्रतिको दायित्व र जिम्मेवारी बहन गर्ने हो भने, राज्यको लगानी दुरुपयोग होइन, सदुपयोग गरेर समाज परिवर्तन हुन्छ ।’
नमूना मावि डहुमा दुई वटा पक्की सुविधा सम्पन्न भवन छ । अहिले पुनः नयाँ भवन निर्माणको क्रममा रहेको छ । नमूना विद्यालय बनाउको लागि अहिलेसम्म अभिभावकसँग चन्दा नउठाएको बताउदै प्रअ लामाले विद्यार्थीलाई फि पनि नदिलएको बताए । विद्यालयले विद्यार्थीहरुले लगाउने पोसाकमा पचास प्रतिशत बेहोरेको छ ।

विद्यार्थीलाई मनोबैज्ञानिक बिधिबाट शिक्षण गरेको, आफ्नो आन्तरिक तयारीको मूल्यांकनका लागि संस्थागत विद्यालयहरुमा गणित, विज्ञान, अग्रजी विषयको परीक्षाको परीक्षा दिलाउने विद्यार्थीहरुलाइ काठमाडौंसम्म विद्यालयले नै लैजाने गरेको छ । सबै शिक्षक कर्मचारीहरुमा अपनत्वको भावना विकास भएको बताउदै प्रअ लामाले भने,‘ विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रश्फुटन गराउन सफल शैक्षिक वातावरण निर्माण गरेकोले रामेछाप जिल्लाको नमूना विद्यालय बनाउन सफल भएका हौं ।’

प्रतिक्रिया दिनुहोस्