रामेछापका मनिष चौलागाई भए एसईई परीक्षाकै उत्कृष्ट



३ असार, काठमाडौं ।
रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी निवासी मनिष चौलागाई यस बर्षको एसईई परीक्षामा देशभरबाट उत्कृष्ट बन्न सफल भएका छन् । रामेछाप निवासी चौलागाईले भक्तपुरको महेन्द्र विद्याआश्रम बोर्डिङ स्कुलबाट एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नजिता ल्याउन सफल भएका हुन् । २०७४ नर्सरी नपढी यूकेजीमा भर्ना भएका मनीष चौलागाईं हरेक कक्षामा प्रथम हुँदै उत्कृष्ट नजिता हात पार्न सफल भएका छन् ।


सुनापति गाउँपालिका– १ गुन्सी रामेछापका १५ वर्षीय मनिष हाल सूर्यविनायक–६ पाण्डुबजारमा बसोबास गर्दै आएका छन् । ‘०२८२०७२ एक्स’ सिम्बोल नम्बर भएका चौलागाईंका आमाबुबा दुवै स्वास्थ्यकर्मी हुन् । आमा पार्वती आचार्य दुर्छिम स्वास्थ्यचौकी खोटाङकी अनमी हुन् भने बुबा मुकुन्द चौलागाईं महांकाल गोल्फुटार जनस्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् ।

एसईईमा ४ जीपीए ल्याएका चौलागाईंले भविष्यमा डाक्टर बनेर दुर्गम भेगका गरिबीमा परेकाहरूको सेवा गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘भविष्यमा डाक्टर बन्ने सोच बनाएको छु, शिक्षकहरुबाट पाएको राम्रो शैक्षिक वातावरण र बुबा आमाको राम्रो व्यवहारकै कारण आज राम्रो नतिजा ल्याउ सफल भएको छु ।’ उनले आगामी दिनमा पनि राम्रो मेहनत गरेर उत्कृष्ट बन्ने प्रयास गर्ने बताए ।


मनिषका बुबा मुकुन्द चौलागाईले पढाइप्रतिको लगावकै कारण छोरा (मनिष)ले उत्कृष्ट नजिता ल्याउन सफल भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले छोराको लागि पढने वातावरण दियौ, सानैदेखि कहिले पनि पढ भनेर गाली गर्नु परेन, पढाईमा घोक्ने भन्दा पनि व्यवहारिक रुपमा छलफल गरेरै पढ्दा बाबुले राम्रो नजिता ल्याउन सफल भयो ।’


मनिषकी आमा पार्वती आर्चायले छोराले उत्कृष्ट नजिता ल्याउदा निकै खुसी लागेको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘हामीले छोरालाई शिक्षासँगै संस्कार पनि दिएका छौ, छोराले आगामी दिनमा राम्रो गर्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्