१४ जिल्लाका १५ सय भूकम्पपीडितले पाउने भए ट्याक्सी



४ असार, काठमाडौं ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका पीडितहरुले ट्याक्सी पाउने भएका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते सरकारले ट्याक्सी उपलब्ध गराउने भएको हो ।
०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरे पनि मन्त्रालय तथा विभागको प्रविधिक तयारीको ढिलाइका कारण ट्याक्सी वितरण प्रक्रिया लम्बिँदै आएको थियो ।


भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वितरण गरिने ट्याक्सीको संख्याको करिब एक सय गुणा माग भएपछि यसको वितरण गोलाप्रथाका माध्यमबाट गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले जानकारी दिए ।ट्याक्सी वितरण प्रणाली सहज बनाउन सरकारले माग गरेको १५ सय संख्याले आवेदन परेको १ लाख ४९ हजार ५ सय संख्यालाई भाग गरी आएको भागफललाई प्रत्येक जिल्लाको छुट्टाछुट्टै माग संख्याले गुणान गरी आएको उत्तर बराबरका ट्याक्सीहरु प्रत्येक जिल्लाको भागमा पर्नेछन् ।

ट्याक्सी वितरण तालिका


१४ जिल्लाका भूकम्पपीडितलाई छुट्टाछुट्टै मितिमा ट्याक्सी वितरण गरिने व्यवस्था यातायात व्यवस्था विभागले मिलाएको छ । जसमा काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका पीडितलाई ४ सय ९१ वटा ट्याक्सी असार ७ गते, दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई ५ सय १३ वटा ट्याक्सी ८ गते त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितलाई ९ गते ४सय ९६ वटा ट्याक्सी च्यासल फुटबल ग्राउण्ड ललितपुरबाट बिहानको ८ बजेबाट ट्याक्सी वितरण सुरु गरिने प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्