हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्षमा थिङ



४ असार, काठमाडौं ।
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्षमा रोज थिङ निर्वाचित भएका छन् । भक्तपुरमा आज भएको चुनावी समिक्षा एवं मञ्चको भेलाले थिङलाई अध्यक्षमा निर्वाचित गरेको हो । भेलाबाट उपाध्यक्षमा रामकुमार श्रेष्ठ र श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यक्रममा सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङले वडाको विकासको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले पाँच बर्षको कार्यकालयमा वडामा मुहार फेर्ने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्