जनताले दिएको मत खेर जान दिन्नःश्रेष्ठ



३ असार, काठमाडौं ।
खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले जनताले दिएको मत खेर जान नदिने बताएकी छिन् । उनले खाँडादेवी गाउँपालिकाको समृद्धिको लागि मन बचन र कर्मबाट काम गर्ने बताएकी हुन् । उपाध्यक्ष श्रेष्ठले खानेपानी, बिजुली र सडक गाउँपालिकाको प्राथमिकता भएको बताइन ।
राजधानीमा शनिवार रामेछाप खाँडादेवी गाउँपालिका भिरपानी–काठमाडौं सम्पर्क मञ्चद्धारा नयाँ बजारस्थित ए वान क्याफेमा आयोजित चुनावी समिक्षा एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिकाको विकासमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन ।

उनले भनिन,‘संविधानले नै महिलाहरुको सहभागीतको ग्यारन्टी गरेपनि व्यवहारमा देखिदैन, अब पुरुषहरुले पनि सबै सामाजिक काममा महिलाहरुलाई अगाडि सार्नु पर्छ ।’ खाँडादेवी गाउँपालिकामा महिलाहरुको आर्थिक जीवनस्तर उकास्नको लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने बताउदै उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाभित्र स्वास्थ्य शिक्षाको क्षेत्रमा पनि नयाँ ढंगले कार्यक्रम अगाडि सारिने बताइन । उनले गाउँपालिकाभित्र राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने समेत बताइन ।

प्रतिक्रिया दिनुहोस्