जिल्ला प्रशासन कार्यालय रामेछापमा ‘फ्रि वाइफाई’



५ असार, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो कार्यालय परिसरभित्र फ्रि वाइफाईको व्यवस्था गरेको छ । रामेछाप जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालयले फ्रि वाइफाईको व्यवस्था गरेको हो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सुविधालाई मध्यनगर गर्दै कार्यालयले एक सातादेखि फ्रि वाइफाईको व्यस्था गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनतालाई समय र परिस्थितिको माग अनुसार पहिलो पटक फ्रि वाइफाईको सुविधा दिएको बताए । उनले भने,‘जनताको चाहना र आवश्यकता अनुसार नै फ्रि वाइफाईको व्इवस्था गरेका छौं ।’

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको लागि प्रशासन कार्यालयले प्रतिक्षालयमा टिभीको व्यवस्था गर्नुको साथै फिल्टर मार्फत खानेपानीको व्यवस्था गरेको छ । कार्यालयबाट हुने कामलाई छिटो छरितो बनाउको लागि सिसि क्यामेरा जडान गरिएको छ ।

बालमैत्री, अपाङमैत्री रहेको कार्यालयमा स्तनपान कक्षको समेत व्यवस्था गरेको छ । प्रजिअ खत्रीले सेवाग्राही आफ्ना समस्या र गुनासो सहज रुपमा राख्न सूचना नै जारी गरेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘कार्यालयलाई राम्रो र व्यवस्थित बनाउनको लागि प्रतिक्षालय खानेपानी, फ्रि वाइफाईको व्यवस्था गरेका छौं, आगामी दिनमा झन राम्रो बनाउने लक्ष्य छ ।’ जिल्ला प्रशासन कर्यालय कार्यालयले नेपाल टेलिकमसँग मासिक रुपमा पैसा तिरेर फ्रि वाइफाईको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्