पशुपालन गर्ने व्यवसायी कृषकहरुलाई अनुदान वितरण



५ असार, रामेछाप ।
आर्थिक बर्ष २०७३/०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार रामेछापमा पशुपालनको क्षेत्रमा व्यवसायीक कृषकहरुलाई अनुदान वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय रामेछापको गाउँपालिका र नगरपालिकामा गाई भैसी बाख्र पालक, बंगुर पालन गर्ने कृषकहरुलाई अनुदान वितरण गरेको हो ।
५ वटा भन्दा बढीको संख्यामा गाईभैसी पालन गर्दै व्यवसायीकता तर्फ उन्मुख १० जना गाईभैसीं पालक कृषकहरुलाई रु ११ लाख ६० हजार, ५० वटा भन्दा बढीको संख्यामा बाख्रा पालन गरी व्यवसायीकतातर्फ उन्मुख ८ जना बाख्रा पालक कृषकहरुलाई रु १३ लाख, ५ माउ वा १५ वटा मासुको लागि बंगुर पालन गरी व्यवसायीकता तर्फ उन्मुख ६ जना बंगुर पालक कृषकहरुलाई रु ६ लाख रुपैयाँ वितरण गरिएको छ ।

अन्य जिल्लाबाट २० बटा उत्पादनशिल र उन्नत गाईभैसी खरिद गरी ल्याउने १० जना कृषकहरुलाई गाईभैसी ढुवानी अनुदान स्वरुप रु २ लाख ४० हजार र आफ्नै पहलमा १० रोपनी वा सो भन्दा बढी क्षेत्रफलमा हिउदे जै घांस खेती गरी घांसमा आधारित पशु पालन र घांँसको बिउ उत्पादनमा आत्मनिर्भरता तर्फ उन्मुख हुदै गरेका ८ जना कृषकलाई रु ४० हजार गरी कुल ४२ जना कृषकहरुलाई रु ३३ लाख ४० हजार रकम अनुदान बितरण गरेको छ ।

निर्वाहमुखी पशुपालन पद्धतीलाई व्यवसायीकतातर्फ उन्मुख हुन अभीप्रेरित गर्दै वढ्दो बैदेशिक रोजगारीको लागि पलायन युवा जन शक्तीलाई स्वदेशमै स्वरोजगार हुन आकर्षण गर्ने अनुदान वितरण गरिएको पशु सेवा कार्यालय रामेछापका डा.नारायण शर्माले बताए । उनले आर्थिक बर्षमा अन्डामा आत्म निर्भर हुने आगामी आर्थिक बर्ष २०७४।०७५ मा मासुमा र आर्थिक बर्ष २०७५।०७६ मा दुधमा आत्म निर्भर हुन सरकारले लिएको लक्ष्य प्राप्मिा ठोस योगदान पुर्याउने गरी काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्