रामेछाप निवासी पूर्वमन्त्री ढुङगेलेको निधन



६ असार, काठमाडौं ।
रामेछाप निवास पूर्वमन्त्री इन्द्रप्रसाद ढुङगेलेको ८३ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित ढुङगेलको सोमवार राती साढे दस बजे राजधानीको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ढुङगेले माधव कुमार नेपाल नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि राज्य मन्त्री भएका छन् । राप्रपामा लामो समय राजनीति गरेका ढुङगेले पछिल्लो समयमा स्वास्थ्य अवस्थाको कारण सक्रिय हुन सकेका थिएनन् ।

खाँडादेवी गाउँपालिका पकरवासमा जन्मिएका ढुङगेलले पकरवासमा मावि स्कुलको स्थापना गरी शैक्षिक र राजनीतिक रुपमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । हक्की स्वभाव र अििवचलित राजनीतिक व्यक्तित्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका उनले आत्मवृत्तान्त लेख्ने सपना भने अधुरै भएको छ । ढुङगलेको आज नै अन्तिम दाससंस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्