रामेछापका १ सय ६५ जना भुकम्प पीडितले पाए टयाक्सी (सूचिसहित)



७ असार, काठमाडौं ।
भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितको पन्ध्र सय थान ट्याक्सीको नम्बर प्लेट वितरण सुरु गरिएको छ । बुधबारबाट सुरु भएको गोलाप्रथा अन्तर्गत रामेछापका १ सय ६५ जना भुकम्प पीडितले गोला प्रथामार्फत ट्याक्सीको प्लेट पाएका छन् ।
जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न सुरू गरिएको छ । ललितपुरको च्यासलमा सार्वजनिक कार्यक्रम गरेरै गोलाप्रथा सुरु भएको हो । यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका छन् ।

विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ । सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।
अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ ।
हेर्नुहोस रामेछापका क–कसलाइृ पाए टयाक्सी प्लेट सूचिसहित

प्रतिक्रिया दिनुहोस्