रामेछापको खाँडादेवी गाउँपालिकामा अग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय



७ असार, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अब अग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । खाँडादेवी गाउँपालिको बैठकले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा अग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षमा बसेको गाउँसभाको बैठकल गाउँपालिकाको निर्णय आदेश र अधिकारपत्रको कार्यविधि २०७४ पारित गरी औपचारिक रुपमा काम सुरु गरेको छ ।

बैठकले गाउँपालिकाको नाम खाँडादेवी गाउँपालिका नै कायम गर्ने र केन्द्र माकादुममा राख्ने निर्णय गरेका गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जानकारी दिइन । गाउँसभाको अधिवेशन असार २० गतेदेखि सुरु गर्ने निर्णय गरेको श्रेष्ठले बताइन ।

प्रतिक्रिया दिनुहोस्