तामाङद्धारा विद्यार्थीलाई सहयोग



८ असार, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका बिबी तामाङले पशुपति माविका छात्राछात्रहरुलाई छात्रवृत्ती प्रदान गर्नुभएको छ । विगत पाँच बर्षदेखि विद्यालयका जेहनदार विद्यार्थीहरुको लागि तामाङले बार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।


पशुपति माविको बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा र उपाध्यक्ष गिता विष्ट सहितको सहभागीतामा छात्रवृत्ति प्रदान गरिएको हो । तामाङले बार्षिक चालिस हजार रुपैयाँको कापी कलम, पेन्सिल लगायतका डिक्सनरी लगायतका सामाग्री प्रदान गरेका छन् ।


फाइव फिङगर प्रालिका प्रबन्ध निर्देशक समेत रहका तामाङले विद्यालयमा छात्रवृत्ति प्रदान गर्नुको साथै हिलेदेवीको सडक निर्माणको काममा समेत लगानी गर्दै आएका छन् । समाजसेवी तामाङले आफ्नो कमाईबाट बचेको केही लगानी सामाजिक कार्यमा खर्च गरिएको बताए ।
उनले भने,‘विद्यालयको सिफारिस अनुसार जेहनदार विद्यार्थीहरुको लागि सहयोग प्रदान गरेको हुँ ।’ तामाङले विगत पाँच बर्षदेखि विद्यालयलाई सहयोग गर्दै आएको र अगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्