वैदेशिक रोजगार मञ्चको अध्यक्षमा घिमिरे



८ असार, काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्षमा भुवनविक्रम घिमिरे चयन भएका छन् । लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा संलग्न रहदै आएका रामेछाप निवासी घिमिरे मञ्चका अध्यक्षमा चयन भएका हुन् ।

गणतान्त्रिक मञ्चका अध्यक्ष नेपाल वैदेशिक रोजगार संघको निर्वाचनमा उम्मेदवारी दिएपछि घिमिरेले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष घिमिरले वैदेशिक रोजगार व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने बताए ।

उनले रामेछाप न्युजसँग भने,‘वैदेशिक रोजगारीमा निकै समस्या छन, अब वैदेशिक रोजगार व्यवसायी र सरकार मिलेर नै समस्याको समाधान निकाल्न सकिन्छ ।’ रामेछाप सुनापति गाउँपालिका–४ बेथान निवासी घिमिरे माओवादीमा पनि सक्रिय रुपमा राजनीतिमा सक्रिय रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्