पाँच बर्षपछि डिल्लीमाया तामाङले न्याय पाइन, स्यावास डिएसपी ढुङगेल !



१२ असार, काठमाडौं ।
रामेछापको लिखु गाउँपालिका–२ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले पाँच बर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिका तामाङलाई बलात्कारपछि हत्या गरी पक्राउ परेका राउतलाई रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दास छोडदा पक्राउ गर्न पाँच बर्ष लागेको हो ।

पत्रकार सम्मेलनमा रामेछापका डिएसपी कुमोद ढुङगेल र पीडित डिल्लीमाया तामाङ ।

प्रहरीले निकै मेहनत गरेर पक्राउ परेर छुटेका फरार अभियुक्तलाई वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको छ ।तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो ।

छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएपछि अभियुक्तसँगको मिलेमतोमा डिएसपी दसले अनुसन्धान नै नगरी राउतलाई छोडेका थिए । छोरीको बलात्कार गरेर हत्या भएपछि तामाङको परिवार नै विस्थापित बन्न पुगेको थियो ।

सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले डिएसपी सञ्जिव शर्मा दासकै कारण आफ्ले पाँच बर्षसम्म न्याय पाउनको लागि धन सम्पत्ती सिध्याएको बताइन । उनले उनिन,‘अपराधीलाई संरक्षण गर्ने डिएसपी दासलाई पनि अब कारवाही हुनुपर्छ ।’
प्रहरी प्रखुको रुपमा रामेछापका पुगेका डिएसपी कुमोद ढुङगले बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमाथि अनुसन्धान अगाडि बढाएका थिए । छ महिनाको अवधिमा डिएसपी ढुङगलेको सक्रियतामा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समान्वयबाट पक्राउ गर्न सफल भएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मध्य क्षेत्रका डीआइजी गणेश केसीले बताए ।

नेपाल प्रहरीको मध्यक्षेत्र ब्यूरो, रामेछापका डीएसपी ढुंगेल र अपराध महाशाखा सहितको टोलीले भारतबाट पछ्याउँदै भैरहवाबाट अभियुक्त राउतलाई नियन्त्रणमा लिएको थियो ।
डीआइजी केसीले राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ परेका राउतले वयानका क्रममा सुन्तली तामाङको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको बताए । उनले सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई विना कारवाही छाड्ने तत्कालीन डीएसपी सञ्जिव शर्मामाथि पनि थप छानविन हुने बताए ।

पीडित तामाङले डीएसपी शर्मामाथि कारवाही भएमात्र आफ्नो छोरीको आत्माले शान्ति पाउने बताउदै डीएसपीमाथि कारवाही हुनुपर्ने माग गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्