दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो



१४ असार, काठमाडौं ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो ।

आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् ।

निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोदीप्रसाद यादवले भने, ‘उच्च सर्तकता अपनाएर मत गणना सुरु गर्नुपर्छ । प्रतिनिधिलाई कति दुरीमा राख्ने तय गर्न भनेका छौं ।’ सफल र सबैलाई स्वीकार्य हुने मत गणना हुने विश्वास आयोगले लिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्