जिल्ला प्रशासन कार्यालय रामेछापमा निशुल्क टेलिफोन !



१८ असार, रामेछाप ।
सेवाग्राहीलाई सहज रुपमा सेवा सुविधा दिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले निशुल्क टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको समस्या समाधान गर्ने उदेश्यको साथ जिल्ला प्रशासन कार्यालयले १६६०४८५४०८८८ टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनतालाई सहज ढंगले सुविधा दिने उदेश्यले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सेवाग्राहीले फोन गर्दा पैसा नलाग्ने गरी टोलफ्रि नम्बरको व्यवस्था गरेका छौ, सेवाग्राहीले आफ्नो समस्या बुझन सिधै टोलफ्रि नम्बरमा फोन गर्दा हुन्छ ।’ प्रजिअ खत्रीको पहलमा रामेछाप जिल्लामा पहिलो पटक सरकारी कार्यालयमा टोलफ्रि नम्बर सञ्चालनमा ल्याइएको छ ।

प्रजिअ खत्रीले भने,‘जिल्लाको कुनै पनि ठाउँमा प्राकृतिक विपत्ति आयो र नागरिकलाई समस्या पर्यो भने सिधै टोलफ्रि नम्बरमा फोन गरेर समस्या गुनासो राख्न सक्छन, हामी तत्काल नै सूचनाको आधारमा काम अगाडि बढाउछौं ।’

प्रतिक्रिया दिनुहोस्