प्रतिभा पहिचान गर्न रामेछापमा कविता प्रतियोगीता



१९ असार, रामेछाप ।
युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत रामेछापमा कविता प्रतियोगीता सम्पन्न भएको छ । जिल्लाको ८ स्थानीय तहबाट सहभागी प्रतियोगी मध्ये प्रकाश न्यौपाने प्रथम भएका छन् ।

जिल्ला युवा समिति रामेछापले मन्थली नगरपालिकास्थित मन्थली क्याम्पसमा आयोजना गरेको युवा प्रतिभा पहिचान कविता प्रतियोगीतामा १० जना युवाहरुले भाग लिएका थिए । प्रतियोगीतामा प्रकाश न्यौपाने प्रथम, निरज थापा द्धितिय, प्रविना नेपाली तृतीय र प्रतिभा बोहराले सान्त्वना पुरस्कार पाएका छिन् ।

रामेछापका जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीले प्रतियोगीतामा छनोट भएका युवाहरुलाई पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए । जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले युवाहरुको प्रतिभा पहिचान गर्न कविता प्रतियोगीता गरेको बताए । उनले भने,‘समाज परिवर्तनका संवाहक युवाहरु नै हुन, युवाहरुको प्रतिभा पहिचान गर्न कार्यक्रम सञ्चालन गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्