रामेछापको गोकुलगंगा गाउँपालिकालाई सुनुवारले दिए एम्बुलेन्स उपहार



२१ असार, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालुले पहिलो पटक एम्बुलेन्स पाएको छ । गोकुलगंगा गाउँपालिका–३ रस्नालुका ओलक बहादुर सुनुवारको पहलमा र गाउँपालिकाको वडा नम्बर ३ हाल काठमाडौं बसोबास गर्दै आएका दोरण बहादुर सुनुवारको एकल खर्चमा रस्नालु स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएका हुन् ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले स्वास्थ्य चौकीको लागि एम्बुलेन्स उपलब्ध गराएकोमा धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि गाउँपालिकाको विकास लागि सबै एकताबद्ध भएर लाग्नु पर्ने रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्