एसईई परीक्षामा उत्कृष्ट मनिष गौतम भन्छन–‘डाक्टर बनेर गरिबहरुको सेवा गर्छु’



२१ असार, काठमाडौं ।
रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी निवासी मनिष चौलागाई यस बर्षको एसईई परीक्षामा देशभरबाट उत्कृष्ट बन्न सफल भए । रामेछाप निवासी चौलागाईले भक्तपुरको महेन्द्र विद्याआश्रम बोर्डिङ स्कुलबाट एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नजिता ल्याउन सफल भएका हुन् । २०७४ नर्सरी नपढी यूकेजीमा भर्ना भएका मनिष चौलागाईं हरेक कक्षामा प्रथम हुँदै उत्कृष्ट नतिजा हात पार्न सफल सफल भएका छन् ।
१५ वर्षीय मनिष हाल सूर्यविनायक–६ पाण्डुबजारमा बसोबास गर्दै आएका छन् । ‘०२८२०७२ एक्स’ सिम्बोल नम्बर भएका चौलागाईंका आमाबुबा दुवै स्वास्थ्यकर्मी हुन् । आमा पार्वती आचार्य दुर्छिम स्वास्थ्यचौकी खोटाङकी अनमी हुन् भने बुबा मुकुन्द चौलागाईं महांकाल गोल्फुटार जनस्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् ।

एसईईमा ४ जीपीए ल्याएका चौलागाईंले भविष्यमा डाक्टर बनेर दुर्गम भेगका गरिबीमा परेकाहरूको सेवा गर्ने उदेश्य लिएका छन् । ‘भविष्यमा डाक्टर बन्ने सोच बनाएको छु, शिक्षकहरुबाट पाएको राम्रो शैक्षिक वातावरण र बुबा आमाको राम्रो व्यवहारकै कारण आज राम्रो नतिजा ल्याउ सफल भएको छु’, उनले रामेछाप न्युजसँग भने ।

मनिषका बुबा मुकुन्द चौलागाईले पढाइप्रतिको लगावकै कारण छोरा (मनिष)ले उत्कृष्ट नजिता ल्याउन सफल भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले छोराको लागि पढने वातावरण दियौ, सानैदेखि कहिले पनि पढ भनेर गाली गर्नु परेन, पढाईमा घोक्ने भन्दा पनि व्यवहारिक रुपमा छलफल गरेरै पढ्दा छोराले राम्रो नतिजा आयो ।’

एईई परीक्षामा ४ जीपीए ल्याएका मनिष काठमाडौंको नयाँवानेश्वरस्थित लिभर पुल कलेजमा भर्ना भएका छन् । अघिल्लो बर्षको एसईई परीक्षामा टपर विद्यार्थीहरुले पढेको कारण लिभरपुल कलेज छनोट गरेको बताउदै उनले एमविविएसको तयारीको लागि सहज हुने भएकाले यस कलेज रोजेको बताउछन् । ‘मेरो लक्ष्य डाक्टर बन्ने हो, लिभरपुल कलेजमा राम्रो वातावरण पाए, धेरै कलेजले फोन गरेर बोलाएका थिए ।’ चौलागाईका अनुसार आफ्नो कलेजमा पढनको लागि दस वटा भन्दा बढी कलेजहरुले अनुरोध गरेका थिए । मनिषको रोजाईमा नै लिभरपुल कलेजमा भर्ना गरिएको (मनिष)को बुबा मकुन्द चौलागाईले बताए । मनिषलाई कलेजले निःशुल्क छात्रवृत्ति (फ्रि स्कलरसिप) प्रदान गरेको छ ।

मनिष भने,‘रुटिङ बनाएर बनाएर नै पढनु पर्छ, घोकेर पढनु भन्दा पनि जिज्ञासु र नोट गरेर पढनु पर्छ ।’ आफ्नो कौतुहल्तामा थाहा पाएको विषयवस्तु सम्झिन सहिजो हुने बताउदै उनले परीक्षा अघि घाकेर पढनु भन्दा पनि कक्षामा राम्रोसँग पढनु भन्दा अघि नै पढाउनु पर्ने बताए । चौलागाईले रामेछाप न्युजसँग भने,‘मेरो घरको वातावरण विद्यालयमा शिक्षकहरुको सिकाईले राम्रो अंक ल्याउन सफल भएको हुँ ।’ विद्यालयसँगै घरपरिवारमा पनि पढ्ने राम्रो वातावरण हुनुपर्ने मान्यता राख्दै मनिषले थपे,‘मेहनत गर्ने हो भने असम्भव केही पनि छैन ।’
मनिषका बुबा मुकुन्द चौलागाईले आफूहरुले घरमा राम्रो वातावरण दिएकै कारण विद्यालयमा गएर राम्रोसँग पढने बानी बसेको बताए । उनले भने,‘छोराको मेहनतसँग विद्यालय र घरको वातावरणले पनि राम्रो काम ग¥यो ।’

मनिषकी आमा पार्वती आचार्यले घरमा छोराछोरीहरुको लागि राम्रो वातावरण दिन सकेको खण्डमा परिणाम पनि राम्रो आउने बताउछिन । उनले भने,‘छोराले पढन बस्दा हामीले कहिले पनि टिभी खोलेर बसेनौ, छोरासँगै बस्ने र साथी जसरी सिकाउने काम ग¥यो ।’ अभिभावकहरुले छोराछोरीलाई पैसा दिएर मात्र दायित्व पूरा नहुने बताउदै खानपान, स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने उनले बताइन ।
छोराछोरीको दिमागमा सकारात्मक सोच मात्र भरिदिनु नै अभिभावको जिम्मेवारी भएको बताउदै आचार्यले थपिन,‘दिनभरी के के भयो भनेर सोध्ने बानीले छोराछोरीले आफ्नो कुरा सहज रुपमा शेयर गर्छन, यसो गर्दा मनोविज्ञान बुझन सजिलो हुन्छ ।’

छोराछोरीलाई कसरी पढाउने मनिषकी आमा पार्वती आचार्यको पाँच सुझाव

कक्षा ६ पास गरेपछि ७ कक्षा नपढाई कक्षा ८ मा भर्ना गरिएको बताउदै बाबुको चाहना अनुसार कक्षा आठमा भर्ना गरिएको उनले बताइन । नभन्दै छोराले कक्षा ८ मा पनि प्रथम हुन सफल भएपछि सधै प्रथम हुँदै एसईईको परीक्षामा पनि उत्कृष्ट बन्न सफल भयो, आचार्यले भनिन ।
उनले घरमा छोराछोरीको अगाडि जाड रक्सी चुरोट बिडी नखाने, छोराछोरीको अगाडि झगडा नगर्ने र असल संस्कार दिने हो भने राम्रोसँग पढने वातावरण बन्छ, हरेक दिन छोराछोरीको होमवर्क चेक गनुपर्छ, तनाब दिएर होइन राम्रो वातावरण दिएर पढने वातावरण बनाउनु पर्छ, आचार्यले भनिन ।
‘छोराछोरीलाई पढ पढ भनेर मात्र हुँदैन,छोराछोरीको मनोविज्ञान अनुसार खेल्न, टिभी हेर्न दिनुपर्छ’मनिषकी आमा आचार्यले थपिन,‘टाउको दुखको अवस्थामा पढन सक्दैन, त्यसको लागि केही समय टिभी हेरेर पनि फ्रेस हुन सक्छन ।’ छोराछोरी रिसाउने बानी छ भने सकारात्मक सोचको विकास हुने किताबहरु किनेर ल्याइदिनु पर्छ, विद्यालय विदा भएको बेलामा छोराछोरीको चाहना अनुसार घुमाउन लैजानु पर्छ, उनले भनिन ।
दबाब दिएर पढाउन खोल्ने गलत भएको बताउदै साथीजस्तो भएर सिकाउने काममा लाग्नु पर्नेमा जोड दिइन ।

 

प्रतिक्रिया दिनुहोस्