रामेछाप–काठमाडौं पत्रकार समाजले कुलमान घिसिङसँग अन्तरक्रिया गर्दै



२४ असार, काठमाडौं ।
रामेछापमा जलविद्युतको सम्भावना र चुनौतीको विषयमा रामेछाप–काठमाडौं पत्रकार समाजले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग अन्तरक्रिया गर्ने भएको छ । रामेछापमा नदी खोलाबाट उत्पादन हुने जलविद्युत आयोजनाको अध्ययन, स्वीकृत प्राप्त अयोजनाको कामलाई तत्काल अगाडि बढाउने लगायतको विषयमा समाजले घिसिङसँग अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।


रामेछापमा सुनकोसी तेस्रो, तामाकोसी लिखु, खिम्ती, चौरीखोला लगायतका नदी र खोलामा सभाव्यता अध्यायनको कार्य भइरहेको छ । रामेछाप निवासी कुलमान घिसिङसकै पहलमा विभिन्न आयोजनाहरुले गति लिन थालेको छ । रामेछाप पत्रकार समाजको आयोजनामा आज राजधानीको इन्द्रेणी फुडल्याडनमा आयोजना हुने कार्यक्रममा कुलमान घिसिङले नेपालमा जलविद्युतको सम्भावनाको बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्