नेपालमा १ लाख ५० हजार मेगावाट जलविद्युत निकाल्ने कुलमान घिसिङको नयाँ योजना



२४ असार, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा १ लाख ५० हजार मेगावाटसम्म जलविद्युत उत्पादन गर्न सकिने बताएका छन् । विगतमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएपनि अब १ लाख ५० हजार मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने बताएका हुन् ।

शनिवार राजधानीमा रामेछाप–पत्रकार समाजले आयोजना गरेको नेपालमा जलविद्युतको सम्भावना र चुनौती विषययक अन्तरक्रिया कार्यक्रममा घिसिङले नेपालका खोलानालाको सही प्रयोग गर्ने हो भने करिब डेढ लाख मेगावाट विद्युत निकाल्न सकिने बताए ।


’नेपालका ठूला नदी गण्डकी, कोशी, र कर्णालीबाट २५÷२५ हजार मेगावाट, महाकाली बाट ८ हजार मेगावाट बिद्युत निकाल्न सकिने र अन्य नदीहरुवाट पनि प्रसस्तै बिद्युत निकाल्न सकिन्छ’,घिसिङले भने । नेपाल बिस्तारै लोडसेडिङ मुक्त भएपनि निर्यात गर्नका लागि विद्युत र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनु पर्ने बताउदै २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे । उनले भने, ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव छ ।’


जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको बताउदै उनले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन खुलासा गरे ।


अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ, उनले भने ।
जाइकाले २० वर्ष अघि तयार पारेको रिपोर्टमा पानीजहाज पनि चलाउन सक्ने गरी अब सप्तकोशी (चतरा)देखि सुनकोशी–३ (दोलालघाट) सम्म विभिन्न जलासययुक्त आयोजना बनाउन सकिन्छ ।

यो बीचमा ४ वटा ठूला जलासययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ, घिसिङले भने । ५ मिटर पानी नघट्ने गरी भारतसँग समझदारी गरेर पानीजहाज नेपालसम्म ल्याउन सकिने अवस्था अझै पनि विद्यमान छ, उनले भने ।


माथिल्लो भागमा पानी थुनिँदा तल्लो भागमा सिँचाईमा पर्न सक्ने अप्ठेरो पनि सुरुङमार्फत पानी लैजादा हट्ने बताउदै घिसिङले त्यसका लागि सुनकोशीबाट १५ किलोमिटरको सुरुङमार्ग बनाएर तराईमा पानी र्पुयाउन सकिने बताए ।

ठूलो जलाशययुक्त आयोजना सञ्चालन गर्न सके नेपालमा जल यातायताको सम्भावनाको ढोका खुल्ने र सडक यातायात भन्दा छिटो र सुरक्षित रुपमा बोटमा जलयात्रा गर्न सकिने पनि उनले बताए ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कुलमानले देशभर ३० भन्दा बढी ठूला जलासयुक्त आयोजना बन्ने अवस्था रहेको तथ्य सार्वजनिक गर्दै र जलासयुक्त आयोजना बन्ने हो भने डेढ लाख मेगावाटसम्म विजुली उत्पादन गर्न सकिने अवस्था रहेको बताए ।

कलकत्तादेखि पाँचखालसम्म जहाज

सप्तकोशी नदीका सहायक सातवटा र बाँकी केहि खोलाबाट बनेको सप्तकोशी करिडोरमा २५ हजार मेगावाट विद्युत निस्किन सक्ने देखिएको छ। जापान सहयोग नियोग जाइकाले सन् १९८५ मा नै अध्ययन गरेको यो रिपोर्ट पहिलोपटक सर्वासाधारणका लागि सार्वजनिक भएको हो।

हिमाली तथा पहाडी क्षेत्रमा रन अफ रिभर र स्टोरेज योजना तथा समथर भूभागमा जलासययुक्त आयोजनाहरु निर्माण गरेर यो क्षेत्रमा २५ हजार मेगावाट विद्युत निकाल्न सम्भव रहेको जाइकाको रिपोर्टमा छ। तर घिसिङले रिपोर्ट धेरै बर्ष पुरानो भएका कारण पुन अध्ययन हुने हो भने अझै धेरै सम्भावना रहेको बताए । ुजाइकाले गरेको इनिसियल फेजको अनुसन्धान होु घिसिङले भने ुधेरै अगाडि सर्वेक्षण भएका कारण अझै विस्तृत अध्ययन गर्ने हो भने केहि हजार मेगावाट थप हुनसक्छ। यहि योजना मुताविक सुनकोशी दोस्रो र तेस्रोको प्रि फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए।

कलकत्तादेखी पाँचखालसम्म पानीजहाज
घिसिङले पनी हजाज चल्नका लागि समुनद्र नै नचाहिने भन्दै वाटर लिफिटिङ प्रविधिमार्फत मध्यमस्तरका जहाजहरु कलकत्ता र बंगलादेशदेखी कोशी करिडोर हुँदै पाँचखालसम्म ल्याउन सकिने बताए।


जसका लागि जाइकाको सहयोगमा योजना बनेको तर यसका लागि राजनीतिक तह र देशले ठूलो मिहिनेत गर्नुपर्ने तथा काम गर्ने दृढ इच्छाशक्ति हुनुपर्ने बताए।

घिसिङले उक्त करिडोरमा निर्माण हुने आयोजनाले ठूलोमात्रामा सिंचाई, जल पर्यटनको विकास, माछापालन गरी निर्यात गर्न सकिने बताए। ुयो सवै राज्यका निकायहरुमा बस्ने उच्च पदस्थ व्यक्तिहरुको कार्यशैलीमा भर पर्छु घिसिङले भने,कोशी करिडोरमा प्रस्ताव गरिएको विद्युत निकाल्ने हो भने नेपालीको प्रतिव्यक्ति आयो बढेर दक्षिण एसियाका कुनै पनि पनि देशभन्दा धेरै माथि पुग्नेछ।’
यो योजना कार्यान्वयन भएमा नेपालमा जल यातायताको सम्भावनाको ढोका खुल्ने र सडक यातायात भन्दा छिटो र सुरक्षित रुपमा जहाज तथा बोटमा जलयात्रा गर्न सकिने पनि बताए।
अन्तरक्रिया कार्यक्रममा घिसिङले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरेको बताए।
उनले साना जलविद्युत आयोजनाको पिक आवरको मागलाई सम्वोधन गर्न पनि यस्ता आयोजनाहरु सार्थक हुने बताए। ठूलो क्षमताका ब्याट्रीको स्टोरेज परीक्षण गर्न एउटा दूर्गम गाउँमा पनि नमूनाका रुपमा यस्तै ब्याट्री बैंक राख्ने योजना अघि सारिएको उनले बताए।
कार्यक्रममा रामेछाप–पत्रकार समाजका अध्यक्ष मधुसुदन रायमाझीले रामेछापमा निर्माण हुने जलविद्युत आयोजना अगाडि बढाउनको लागि रामेछापवासी जागरुप हुनु पर्नेमा बताए ।

 

प्रतिक्रिया दिनुहोस्