डिएसपी ढुङगेलको सक्रियताःरामेछापमा १७ बर्षदेखि फरार अभियुक्त फन्दामा



२४ असार, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले १७ बर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–४ र साबिकको गौश्वारा गाविस–७ का मानबहादुर थापा मगरलाई हत्या गरेर फरार रहेका सार्की मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी सहित ४ जनाले कुटपिट गरी हत्या गरेर फरार रहेको अभियुक्तहरुको खेजतलासको सूचिमा राखेर जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोमछापका प्रमुख डिएसपी कुमोध ढुङगेलले रामेछाप न्युजलाई बताए ।

फरार अभियुक्त मगरलाई मन्थली बजारमा लुकीछिपी बसेको सूचनाको आधारमा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर जिल्ला अदालत रामेछापबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको डिएसपी ढुङगेलले बताए । उनले रामेछाप न्युजसँग भने,‘अपराधमा संलग्न भएर फरार भएका जहाँ भएपनि कानुनको कठघरामा उभ्याउछौं ।’

प्रतिक्रिया दिनुहोस्