रामेछाप जिल्लाबाट २ लाख ३९ हजारले लिए नागरिकता



२७ असार, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले २०२८ सालदेखि हालसम्म २ लाख ३९ हजार ६ सय ३१ जनालाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले ४६ बर्षको अवधिमा २ लाख ३९ हजार ६ सय ३१ जनालाई नागरिकता प्रदान गरेको हो ।

पुरानो सहित जिल्लाबाट २ लाख ५४ हजार पाँच सय ८ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले २०६२ सालबाट कम्युटर प्रणाली मार्फत नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछाप न्युजलाई बताए ।  पछिल्लो तथ्याङ अनुसार रामेछाप जिल्लामा २ लाख २ हजार ६ सय ४६ जनसख्या रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्