स्वच्छ र हराभरा मन्थली बनाउन वृक्षरोपण



२८ असार, रामेछाप ।
हरियाली प्रबद्र्धन गर्ने उदेश्यले रामेछापको मन्थली नगरपालिकामा वृक्षरोपण गरिएको छ । जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको परिसरमा गरिएको वृक्षरोपण गरिएको हो ।

करिब २ सय विरुवा रोपिएका छन । विद्यार्थीलाई बाताबरणमैत्री शिक्षाको लागि बिद्यालय क्षेत्रमा नै बृक्षरोपण गरिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाशकुमार कार्कीले रामेछाप न्युजलाई जानकारी दिए । उनले स्वच्छ र हराभरा मन्थली बनाउने उदेश्यका साथ विद्यार्थीलाई बोटविरुवाको महत्व बुझाउन स्कुलमा वृक्ष रोपण गरिएको बताए ।
युवा समितिले बाताबरण स्वच्छ राख्ने उदेश्यका साथ रोपेको विरुवा अब बिद्यालयले रेखदेख गर्ने कार्कीले बताए । वृक्षरोपणमा बिद्यालयका शिक्षक, बिद्यार्थी, स्थानीयबासीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्