सुनापति गाउँपालिकामा वैधानिक जनसत्ता चलाउछौःचौलागाई



३० असार, रामेछाप ।
नेकपा माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले रामेछापको सुनापति गाउँपालिकामा वैधानिक जनसत्ता चलाउने बताएका छन् । सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेकाले नयाँ सोच र शैलीको साथ जनताको काम गर्नुपर्ने बताएका हुन् ।’

विगतमा गाउँगाउँमा आउने बजेट रातोकिताबको भर परेर बस्नु पर्ने बाँध्यता हटेको बताउदै पार्टीका विभागका सचिव समेत रहेका चौलागाईले नयाँ संविधान अनुसार गाउँपालिकाले नै बजेट बनाउन पाउने अधिकार दिलाउनको लागि माओवादीको ठूलो योगदान रहेको बताए ।
सुनापति गाउँपालिकाको पहिलो प्रथम नगरपरिषद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘माओवादीले जनयुद्ध नगरेको भए अहिलेको परिवर्तन सम्भव थिएन, जनयुद्धको समयमा पनि पार्टीले जनसत्ता चलाएको थियो, अब वैधानिक रुपमा नै जनसत्ता चलाउछौ ।’

स्थानीय तहको निर्वाचनमा सुनापति गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, पाँच वटै वडाका अध्यक्ष र सबै सदस्यमा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको थियो । नेता चौलागाइले निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले निष्पक्ष भएर जनताको काम गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्