मन्थली नगरपालिकाको लागि ५८ करोड ३५ लाख बजेट



३० असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७४।०७५ को लागि ५८ करोड ३५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जिल्ला मन्थली नगरपालिकाको पहिलो नगरसभामा उक्त बजेट पेश भएको हो ।

कार्यक्रममा नगर प्रमुख रमेश बस्नेतले आर्थिक बर्ष २०७४/०७५ का लागि ५८ करोड ३५ लाख २९ हजारको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । प्रमुख बस्नेतले प्रस्तुत गरेको नगरपालिकाको कार्यक्रम तथा बजेटमा नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदान २१ करोड ६५ लाख २० हजार ,निशर्त अनुदान २७ करोड ९० लाख ९ हजार , सामाजिक सुरक्षा ६ करोड ८० लाख र नगरपालिकाको अन्तरिक स्रोतबाट २ करोड आम्दामी हुने उल्लेख गरिएको छ ।

प्रस्तुत कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । नगरपालिकाका नयाँ कायृक्रममा सामाजिक विकासतर्फ नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरी निजी विद्यालय सहर बनाउने, नगर क्षेत्र भित्रका कुपोषित वालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिने र आगामी दुई बर्षभित्र मन्थली नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्