खाँडादेवी गाउँपालिकाको बजेट ३२ करोड ३२ लाख



३० असार, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७४।०७५ को लागि ३२ करोड ३२ लाख ५ हजार रुपैयाँ बिनियोजन गरेको छ । खाँडादेवी गाउँपालिकाले सडक, खानेपानी, विद्युत स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।


रामेछाप जिल्लाको खाडादेवी गाउँपालिकाको पहिलो गाउँ सभामा गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए । उनले खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउने योजना सहितको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले आर्थिक बर्ष २०७४।०७५ को बजेट पेश गरेकी थिइन । उपाध्यक्ष श्रेष्ठले पेश गरेको बजेटमा सडकमा ४० प्रतिशत, खानेपानीमा १० प्रतिशत, स्वास्थ्यमा ७ प्रतिशत, भवन निर्माणमा १० प्रतिशत, सिचाइँमा ५ प्रतिशत, शिक्षामा १० प्रतिशत, कृषि, पशु र विद्युतमा १० प्रतिशत, वातावरण विपद व्यवस्थापनमा ३ प्रतिशत, पर्यटनमा २ प्रतिशत, धार्मिकमा २ प्रतिशत र खेलकुदमा १ प्रतिशत छुटयाइएको छ । अध्यक्ष तामाङले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष श्रेष्ठले पेश गरेको बजेट पनि गाउँ सभाले पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्