रामेछाप नगरपालिकाको बजेट ३५ करोड ३३ लाख कुन शीर्षकमा कति ? (बजेटको सूचिसहित)



३१ असार, रामेछाप ।
रामेछापको रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७४।०७५को लागि ३५ करोड ३३ लाख ५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आन्तरिक आय १५ लाख, राजश्व बाँडफाँडबाट प्राप्त आय १० लाख, वित्तिय समानिकरण २० करोड, सशर्त अनुदान (स्वास्थ्य, शिक्षा, कृषि र पशु) १३ करोड, लागत सहभागीता ७५ लाख सहितको बजेट विनियोजन गरेको छ ।

रामेछाप नगरपालिका नगरप्रमुख समृद्धि रामेछाप नगरपालिका निर्माण गर्ने गरी नीति तथा कार्यक्रम अगाडि सारिएको बताए । उनले भने,‘नीति र कार्यक्रम पारित भएको छ, नगरपालिकाले अगाडि सारेको कार्यक्रम अनुसार नै काम गछौ र लक्ष्य प्राप्त गछौं ।’
रामेछाप नगरपालिकाकी नगर उपप्रमुख सृजना खड्काले परम्पारागत रुपमा भन्दा पनि नयाँ शैली अपनाएर बजेट कार्यान्वयन गर्ने योजना बनाएको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘बजेट विनियोजन मात्र होइन अब कार्यान्वयन र अनुगमनको पक्षलाई प्रभावकारी रुपमा अगाडि बढाउछौ ।’

उप्रमुख खड्काले क्रमागत विकास निर्माणमा बाहेक आर्थिक बर्षको लागि पाँच लाख भन्दा तलको कुनै विकास बजेट विनियोजन नभएको बताइन । बजेट कार्यान्यवलाई जनताको दैनिक समस्यासँग जोडदै दिगो विकासमा नगरपालिकाले भूमिका खेल्ने खड्काले बताइन ।

रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम, कुन शीर्षकमा कति बजेट ? (बजेटको सूचिसहित)

 

प्रतिक्रिया दिनुहोस्