आकाशवाणी बचत तथा ऋण सहकारी सञ्चालनमा



३१ असार, काठमाडौं ।
युवा उद्यमीहरुको सक्रियतामा आकाशवाणी बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ । २०६७ सालमा स्थापना भएको सहकारी संस्था सञ्चालनमा आएको हो । शनिवार काठमाडौंस्थित न्युरोडको पशुपति प्लाजाको चौथौ तलामा रहेका कार्यालयको पञ्चकन्याले उदघान गरेका थिए ।

वैदेशिक रोजगारीमा कोरियामा रहेका युवा, रामेछाप र काभ्रेबाट काठमाडौंमा आएर विभिन्न व्यवसायमा संलग्न युवाहरुको सक्रियतामा सहकारी संस्था सञ्चालनमा आएको छ । सहकारी संस्थामा २५ जना सञ्चालक रहेका छन् । प्रत्येक सञ्चालक सदस्यहरुले पाँच लाख रुपैयाँ लगानी गरेको आकाशवाणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द गौतमले बताए ।

सहकारी संस्थाका सल्लाहकार झम्क चौलागाईले आगामी दिनमा सहकारी संस्थाको पुँजी बढाउदै लैजाने बताए । उनले आगामी दिनमा युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गर्ने बताए । सहकारीले कृषि क्षेत्रमा लगानी गर्नुको साथै युवाहरुलाई रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गर्ने उदेश्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्