सुनापति गाउँपालिकाको २२ करोड बजेट कहाँ कति ? (सूचिसहित)



३१ असार, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकाले आर्थिक बर्ष २०७४।०७५ को लागि २२ करोड ८१ लाख ३ हजार बजेट विनियोजन गरेको छ । सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्टले गाउँपालिकाको बजेट पेस गरेकी हुन् ।

गाउँपालिकाले विनियोजन गरेको बजेटमा ससर्त अनुदान ८ करोड ९३ लाख ८० हजार, चाुल तर्फ ४ करोड २ लाख ५० हजार र पुँजीगत तर्फ ९ करोड ८४ लाख ७३ हजार बिनियोजन गरेको छ ।


गाउँपालिको जग्गा खरिद गर्न १ करोड, गाउँपालिकाको जगेडा कोषको लागि २ करोड, सार्वजनिक तथा क्षमता विकास तर्फ १८ लाख ७३ हजार, सामाजिक विकास तथा शिक्षा क्षेत्रतर्फ ४० लाख, आर्थिक विकास ६ लाख, वातावरण तथा विपद व्यवस्थापन २० लाख, पूर्वाधार विकासतर्फ ६ करोड, खानेपानी तथा मर्मत १ करोड २५ लाख, सडक २ करोड ६६ लाख, पर्यटन २४ लाख, सूचना तथा सञ्चार १२ लाख, जग्गा खरिद तथा भवन निर्माण ७१ लाख, कृषि तथा सिंचाई ८० लाख, विद्युत १६ लाख, बजार व्यवस्थापन ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्