नक्कली डिआइजी केसीलाई डिएसपी ढुङगेलले पक्राउ गरेपछि……



१ साउन, रामेछाप ।
नक्कली कुरा गरेर क्षणिक फाइदा लिनको लागि गलत बाटो रोज्छ । अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुले फोनबाट नक्कली नाम भनेर ढाटेर आफ्नो काम सम्पन्न गराउने गलत उदेश्य पनि राख्छन् । नक्कली कुरा धेरै दिन टिक्दैन भनेझैं जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोध ढुङगेललाई नक्कली डिआइजी बनेर धम्की दिने एक जना पक्राउ परेका छन् ।

मानबहादुर केसी

जिल्ला प्रहरी कार्यालय रामेछापमा उमाकुण्ड गाउँपालिका–२ बस्ने दासोना भन्ने दावा सोनाम शेर्पाको विरुद्ध दिनेश बस्नेतले सार्वजनिक अपराधको मुद्दा दर्ता गरे । मुद्दा दर्ता भएपछि प्रहरीले गत असार ४ गते शेर्पालाई पक्राउ पनि गर्यो । शेर्पा पक्राउ गरेर प्रहरीले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढायो । जब शेर्पा पक्राउ परे तब रामेछापका प्रहरी प्रमुख ढुङगेललाई फोन आउन सुरु भयो ।

डिआइजीको हवला दिदै शेर्पालाई सार्वजनिक मुद्दा प्रक्रिया अगाडि नबढाउन र तत्काल रिहा गर्नको लागि खाँडादेवी गाउँपालिका–२ का मानबहादुर केसीले बारम्बार फोन गर्न थाले । फोन गर्ने शैली फरक भएको कारण डिएसपी ढुङगेले आशका व्यक्त गर्दै फोन गर्ने व्यक्तिको खोजी गर्न सुरु गरे । तर पनि ती नक्कली डिआइजी केसीले फोन गरेर दबाब दिन छोडनन् । अन्ततः डिएसपी ढुङगेललाई फोन गरेर दबाब दिने मानबहादुर केसी भएको प्रहरीले पत्ता लगायो ।

कुनै पनि मुद्दाको बारेमा डिआइजीले अनावश्यक दबाब नै दिदैनन, प्रहरीले अनुसन्धान गरिरहेको मुद्दामा छोड मुद्दा दर्ता नगर भनेर भन्ने कुरा नै हुदैन्थ्यो, अस्भाविक दबाब दिन थालेपछि मैले खोजी सुरु गरे, नभन्दै नक्कली डिजाइजी पक्राउ पर्यो, डिएसपी ढुङगेलले रामेछाप न्युजसँग भने ।
मान बहादुर के।सीले प्रयोग गर्ने गरेको आफ्नो मोवाईल नं। ९८५१०३४५०९ बाट कार्यालय प्रमुखको मोबाईल नं ९८५४०५५५५५ मा फोन गरि म नेपाल प्रहरीको डिआइजी हुँ, दासोना भन्ने दावा सोनाम शेर्पालाई छाड दिनु भनि पटक पटक फोन गरेका थिए ।
प्रहरीले केसीलाई सोधपुछको लागी खोज तलाश गर्दै जाँदा मिति असार ३० गतेका दिन चार बजेको समयमा रामेछाप मन्थली नगरपालिका–११ स्थित बजारमा फेला पारेको थियो । प्रहरीले सम्झाई बुझाई गर्दा एक्कासी अवेगमा आई प्रहरी समेतलाई अपशव्द प्रयोग, हातपात गर्न प्रयास, अभद्र व्यवहार गरी प्रहरीको काम कर्तव्य पालनामा बाधा अवरोध पुर्याएको भन्दै प्रहरीले नक्कली डिआइजी केसीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसी ढुङगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्