समृद्ध मन्थली नगरपालिका बनाउने यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



२ साउन, रामेछाप ।
मन्थली नगरपालिकाको आर्थिक बर्ष २०७४।०७५ को बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकामा अझै पनि अशिक्षा,गरीबी,वेरोजगारी व्याप्त रहेको निष्कर्ष निकाल्दै समस्या न्यूनिकरण गर्दै सम्मुन्नत, सभ्य र हराभरा नगरपालिका निर्माणकार्यमा सहयोग पुग्ने गरी नीति तथा कार्यक्रम अगाडि सारेको हो । २०७२ सालमा गएको भूकम्पवाट भएको धनजनको क्षती फेरी नदोहोरियोस भन्नका लागी ‘भूकम्प प्रतिरोधी आवास, सुरक्षित आभास’ भन्ने नारा सहित यस नगरपालिकाले २०७३ भाद्र १ गतेवाट भवन निर्माण आचार संहिता २०६०, वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धी मापदण्ड २०७२ र मन्थली नगरपालिकाको भवन निर्माण मापदण्ड कार्यविधि लागु गरी नक्सापास एवं अभिलेखिकरण कार्य शुरु गरिएको छ ।


नगरपालिका क्षेत्र भित्र रहेका खेति योग्य जमिनमा घर,संरचना निर्माण गर्न निरुत्साहित गरिने छ । खेती योग्य जमिनमा व्यवसायिक खेति गर्न प्रोत्साहित नीति अगाडि सारेको छ । नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरि निजि विद्यालय सरह वनाईने उदेश्य नगरपालिकाले लिएको छ । मन्थली नगरक्षेत्रमा वृहत्त खानेपानी योजना अन्र्तगत ठोसे खोला तथा वृहद लिप्ट खानेपानी योजना सञ्चालन गरिनेछ पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सघीय ढांचामा रामेछाप नेपालको ३ नंबर प्रदेशमा अवस्थित एक दुर्गम जिल्ला हो । देशको राजधानी नजिक रहेर पनि आर्थिक सामाजीक र मानव विकासको हिसावले यो जिल्ला अत्यन्तै पछि परेको छ ।

गंगालाल, पुष्पलाल र कृष्णलालको जन्मभूमि यस जिल्ला विकासका हिसावले मध्यमाञ्चलका अन्य जिल्लाको तुलनामा पछाडि नै छ, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुरुमा सदरमुकामका आसपासका ७ (सात) गाविसहरुलाई मिलाई २०७१ सालमा सरकारवाट घोषणा भएको यो मन्थली नगरपालिका पछि राज्यको पुर्नसंरचना आयोगको शिफारिसमा २०७३ सालमा थप ४ (चार) गाविस थपी यो नगरपालीकाको क्षेत्रलाई विस्तार गरिएको थियो ।

यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस्