दोरम्बा गाउँपालिकाको बजेट २६ करोड १४ लाख कुन शीर्षकमा कति ? (सूचिसहित)



२ साउन, रामेछाप ।
रामेछापको दोम्बा गाउँपालिकाकाले आर्थिक बर्ष २०७४।०७५ को लागि २६ करोड १४ लाख ३० हजार रुपैयाँ बिनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाको नीति तथा कार्यक्रम र उपाध्यक्ष कृशला घिसिङले आर्थिक बर्षको बजेट पेश गरेकी हुन् ।


दोम्बा गाउँपालिकाको स्रोत अनुमान अन्तर्गत वित्तीय समानिकरण अनुदान १७ करोड ३० लाख ३० हजार, शर्शत अनुदान ८ करोड, ७८ लाख ७४ हजार, आन्तरिक राजश्वर ५ लाख रहने उल्लेख गरिएको छ । वित्तिय समानिकरण अनुदान चाल बजेटमा ४ करोड ६० लाख,पुँजीगत बजेट १२ करोड ७० लाख ३० हजार रहनेछ ।

पूँजीगत बजेट अन्तर्गत सडक पूर्वाधार विकास ५ करोड ९७ लाख ८० हजार, खानेपानी ५५ लाख २५ हजार, सिंचाई १८ लाख ८० हजार, शिक्षा तथा खेलकुद ३९ लाख ५५ हजार, विद्युत तथा उर्जा ८ लाख ५० हजार, स्मार, भवन निर्माण मर्मत तथा जग्गा खरिदको लागि २ करोड ४७ लाख, स्वास्थ्यमा ४ लाख ६० हजार, वन तथा भू संरक्षणमा ७ लाख, धर्म तथा संस्कृति १५ लाख ८० हजार, सामाजिक क्षेत्र १ लाख ९० हजार, सूचना तथा सञ्चारमा १० लाख २० हजार, प्रकोप पीडितको लागि राहत तथा विपत व्यवस्थापन ६ लाख ९० हजार, सवारी साधन व्यवस्थापन १ करोड २७ लाख (एम्बुलेन्स, स्काभेटर र मोटरसाइकल) जगेडढा कोषको लागि १ करोड विनियोजन गरेको छ ।


त्यसैगरी शशर्त अनुदान शिक्षामा ७ करोड २० लाख ४८ हजार, कृषिमा ३ लाख २० हजार र स्वास्थ्यमा क्१ करोड ५५ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्