मन्थलीमा पानी नपर्नुको कारण अध्ययन हुने



२ साउन, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा विगत वीस बर्ष यता पानी नपर्नुको कारण अध्ययन हुने भएको छ । बर्षाको समयमा पनि पर्याप्त बर्षा नभएपनि मन्थली नगरपालिकाले पानी नपर्नुको कारण पत्ता लगाउन अध्ययन गर्ने भएको हो ।

गत बर्ष नै मन्थली नगरपालिकाको पहिलो नगरसभाले नै मन्थलीलाई सुख्खा ग्रस्त नगर घोषणा गरी बर्ष नहुनेका कारण अध्ययन गर्न जनसंख्या तथा वातावरण मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्थली नगरपालिकाले वातावरण मन्त्रालयलाई पानी नपर्नुको कारण अध्ययन गरिदिन पत्राचार गरेको थियो । तर वातावरण मन्त्रालयले अहिलेसम्म कुनै अध्ययन प्रक्रिया अगाडि नबढाएको बताएको छ । ‘रामेछापको मन्थलीमा किन पानी पर्दैन ?’ भन्ने विषयमा यस अघि रामेछाप न्युजले समाचार प्रकाशन गरेको थियो ।

यस बर्ष पनि मन्थली नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै पानी नपर्नुको कारण अध्ययन गर्न वातावरण मन्त्रालयलाई आग्रह गर्ने भएको छ । विगत २ दशक देखि यस नगरक्षेत्र भित्र अत्यन्त न्यून वर्षा हुने गरेको छ । जसका कारण यहाँको जमिन मरुभुमीकरण हुदै गैरहेका छन । वन जङगलहरु सुख्खा राता डाडामा परिणत हुदैछन ।

किसानले लगाएका वाली सुकेर जाने गरेका छन । तसर्थ यस नगरलाई पहिलो नगरसभावाट सुख्खा ग्रस्त नगर घोषणा गरि यसक्षेत्रमा वर्षा नहुनुको कारण अध्ययन गरी जलवायु परिवर्तनको असर न्यूनिकरण एवं अनुकुलीकरणका विषेश कार्यक्रम संचालन गर्न संघीय सरकार समक्ष अनुरोध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकावाट अघि वढाइएको संस्थागत वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने र नगरमा बहुवर्षीय नर्स स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेपाल सरकारवाट स्वीकृत भएको वातावरण मैत्री स्थानीय शासन प्रारुप २०७० लाई अवलम्बन गरी क्रमैसंग वडा हुंदै आगामी २ वर्ष भित्र मन्थली नगरपालिकालाई वातावरण मैत्री नगर घोषणा गरिने बताइएको छ । मन्थलीमा आसपासको क्षेत्रमा सिन्धुलीको सिन्धुलीगढी क्षेत्रको महाभारत लगायतका डाँडाको कारण पानी नपरेको अनुमान विज्ञहरुले गर्दै आएका छन् । यद्यपी पानी नपर्नुको वैज्ञानिक कारण भने पुष्टि हुन सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्