रामेछापको खिम्ती खोलाले ११ जनाको ज्यान लियो, करोडौंको क्षति



३ साउन, रामेछाप ।
रामेछापको खिम्ती खोलामा पटक–पटक आएको बाढीले हालसम्म ११ जनाको ज्यान लिएको छ । बाढीको कारण करोडौं रुपैयाँ क्षति भएको छ । वि सं १९२५ सालमा आएको बाढीको कारण १ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७० साउन २८ गते आएको बाढीले रामेछाप–दोलखा जोडने पक्की बगाउनुको साथै ८ जनाको ज्यान गएको थियो । असार ३१ गते आएको बाढीले २ जनाको मृत्यु ३ जना वेपत्ता र ९ जना घाइते भएका छन् ।


हरेक बर्षामा खिम्ती खोलाले उभ्रदो मच्चकाउनुको साथै स्थानीयको ज्यान लिने गरेको छ । ठाडो खोलो भएको कारण कहिले र कति बेला बाढी आउछ भनेर अनुमान लगाउन नै गाह्रो छ । खोला किनाराका बस्ती जोखिमपूर्ण मानिन्छ । २०७२ सालमा विनाशकारी भुकम्प गएपछि सरकारले खोला किनाराका घर बनाउन नपाउने नीति अगाडि सारेको थियो । तर अहिले पनि रामेछाप लगायतका धेरै स्थानमा खोला किनारामा नै जोडेर बस्ती विकास गर्दा समेत सरकार भने रमिते बनेको छ ।
खिम्तीमा खोलामा आउने बाढी पहिरोको कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । २०११ सालमा खिम्ती आसपासमा ठूलो बाढी पहिरो आएपनि क्षतिको विवरणको बारेमा तथ्याङक नरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ । नेकपा एमालेका रामेछापका इन्चार्ज एवं पूर्व सांसद देवशंकर पौडेलले आफ्नो फेसबुक पेजमा लेखेका छन्–१९२५ असारमा खिम्ती खोलामा आएको बाढीले स्थानीय तिरका बुढाकोथीको मृत्यु भएको रहेछ,२०३९ मा दोलखाका समाजसेवी ललितबहादुर कार्कीले ठोसेमा उत्पादित फलामबाट खिम्ती खोलामा साङले पुल पनि बाढीले नै बगायो ।’


असार ३१ गते मध्ये राती आएको छतिवने खोलाको बाढीले पनि २ जनाको मृत्यु, ३ जना वेपत्ता र ९ जना घाइते भएका छन् । बाढी पहिरोको कारण नौ घर घरवार विहीन भएका छन् । बाढीको कारण खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । सिंचाई कुलो र खानेपानीको पाइप बगाएको छ ।

बाढी पहिरोको कारण घोरेटो बाटो समेत नहुँदा आवतजावत गर्न समेत कठिनाई भएको छ । पूर्व सांसद पौडेलले सरकारले बस्न योग्य र अयोग्य बस्तीको पहिचान गरी बस्तीको विकास गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन,‘अब पनि सुरक्षित बस्ती विकास गर्न ध्यान नदिने हो भन यस किसिमा पीडाका चक्रहरु निरन्तर रुपमा घुमी रहन्छन ।’ खिम्ती खोलामा ठूलो बाढी पहिरो जानुको कारण भुकम्पको कारण चिरा परेको जनिम र विना प्राविधिक निर्माण गरिएको सडक नै कारण रहेको बताइएको छ ।
तस्बीरः देव शकंर पौडेलको फेसबुकबाट

 

प्रतिक्रिया दिनुहोस्