‘सर्वोत्कृष्ट इन्जिनियर’ अवार्डबाट कुलमान घिसिङ सम्मानित



३ साउन, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सवोत्कृष्ट इन्जिनियर अवार्डबाट सम्मानित भएका छन । नेपाल इन्जिनियर्स एसोसिएशनले ऊर्जा संकट न्युनिकरणमा महत्वपूर्ण योगदान पुर्याएको  सम्मानस्वरूप घिसिङलाई अवार्ड प्रदान गरेको हो ।

५५औं इन्जिनियर्स दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अडार्व प्रदान गरे । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछिको यो उनलाई प्रदान गरिएको पाँचौ अवार्ड हो ।

प्रतिक्रिया दिनुहोस्