सुन्तली तामाङको हत्यारा भगाउने डीएसपी दासलाई निलम्बन गर्न गृह मन्त्रीको निर्देशन



४ साउन, काठमाडौं ।
रामेछाप लिखु गाउँपालिका–२ सैपुकी १४ बर्षिय सुन्तली तामाङ हत्याकाण्डको अभियुक्त भगाउन भूमिका खेलेका रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दासलाई गृह मन्त्री जनार्दन शर्माले निलम्बन गरी कारवाही थाल्ने निर्देशन दिएका छन् । विभागीय कारवाहीको सिफारिस भएपनि प्रहरी प्रधान कार्यालयले दास एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

डीएसपी सञ्जिव शर्मा दास

साढे पाँच बर्ष अघि रामेछापको साबिकको सैपु गाविस– १ हाल दुरागाउँ गाउँपालिका–२ सैपुकी १४ बर्षिय किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणमा अभियुक्त श्याम राउतलाई उन्मुत्ति दिएर भगाएको आरोप लागेका डीएसपी शर्मालाई प्रहरीले तीन दिन अघि मात्र एसपीमा बढुवाको लागि सिफारिस गरेको थियो ।
गृह मन्त्री शर्माले फेसबुक पेजमा लेखेका छन,–‘सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले डीएसपी सञ्जिव शर्मा दासबारे उठाउनुभएको प्रश्नले बढुवा गर्दा त्रुटीपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सञ्जिव शर्मा बोर थप अनुसन्धान गर्न गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’
साँढे पाँच बर्ष अघिदेखि फरार अभियुक्त मुख्य अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रहरी प्रमुख डिएसपी कुमोध ढुङगेको सक्रियतामा एक महिना अघि नेपाल भारतको सीमाबाट पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो । अभियुक्त पक्राउ गरेरे सार्वजनिक गर्ने क्रममा सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले तत्कालिन डीएसपी शर्माको कारण आफ्नो धन सम्पत्ति सिधिनुको साथै न्याय पाउन पाँच बर्ष कुर्न परेको गुनासो गर्नुभएको थियो । त्यसलगत्तै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेडौडाका प्रहरी प्रमुख गणेश केसीले छानबिन समिति बनाएर घटनाको छानबिन गर्दै विभागिय कारवाही गर्न एक साता अघि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेका थिए ।
सुन्तली तामाङ हत्याकाण्डमा दोषी भएको भन्दै घटना घटेको साढे पाँच बर्षपछि प्रहरीले १२ जनालाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । डीएसपी शर्मा हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्