बम समातेर फ्याक्ने हवल्दार रानाको बढुवा



५ साउन, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले रामेछाप न्युजलाई बताए ।

असार १४ गते भएको दोस्रो चरणको चुनावको मतदानको दिन दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तरगत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो । हबल्दार रानाले त्यसलाई तत्काल सुरक्षित स्थानमा फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाएका थिए ।
त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए ।प्रहरी हवल्दारलाई प्रहरीले यस अघि नै सम्मान र पुरस्कृति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्