नेविसंघले रामेछापका बाढीपीडित बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने



५ साउन, रामेछाप ।
रामेछाप जिल्लाको लिखुगाउँपालिकाको खिम्ती खोलामा आएको बाढीमा परी ज्यान गुमाउने र घरवारविहीन भएका परिवारका बालबालिकाहरुलाई नेपाल विद्यार्थी संघले निःशुल्क शिक्षा दिने भएको छ ।


बिहिबार खिम्तिका बाढीपीडितहरुलाइ राहात बितरण गर्दै विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लले बाढीमा परी ज्यान गुमाएका र घरवार विहीन भएका परिवारभित्रका बालबालिकाहरुलाई निशुल्क अध्ययन अध्यापनको व्यवस्था गर्ने बताएका हुन् ।


होस्टेलमा बसेर पढ्न चाहाने पीडित परिवारका बालबालिकालाई होस्टेलको निशुल्क व्यवस्था गरिने उनले बताए । बाढी पीडितका परिवारका बालबालिका कति कक्षामा अध्ययनरत छन त्यसको छनोट गर्नको लागि नेपाल विद्यार्थी संघकी केन्द्रीय सद्स्य कल्पना खड्काको संयोजकत्मा छनौट समिति गठन भएको छ । छनौट समितिले छनौट गरेका बालबालिकाहरुलाई नेविसंघले निशुल्क शिक्षा दिने भएको छ ।


नेविसंघका महामन्त्री गुन्दनराज काफ्लेको नेत्तृत्वमा आएको टोलीले खिम्तीका बाढी पीडितरुलाई खाद्यान्न, भाँडाकुँडा,झुल तन्ना,म्याट लगाएतको राहत सामाग्री वितरण गरेको नेविसघका केन्द्रीय सदस्य रत्नहरि ढुङगेलले रामेछाप न्युजलाई बताए ।
राहात बितरण कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभपति लवश्री न्यौपाने लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्