रामेछापको पाँच गाउँपालिकामा बैंक खुल्दै, कुन गाउँपालिकामा कुन बैकको शाखा ?



६ साउन, रामेछाप ।
रामेछापमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँपालिको केन्द्रमा वैकका शाखा खोलिने भएको छ । नयाँ संरचना अनुसार रामेछापको पाँच गाउँपालिकामा पाँच वटा वैकको शाखा सञ्चालनमा आउने भएको हो । गाउँपालिको केन्द्रमा रहने गरी जनतालाई सहज रुपमा सुविधा पुर्याउने उदेश्यले बैकहरुले भागवण्डा गरेर नै बैंकको शाखा खोल्ने भएका हुन् ।


रामेछापको मन्थली नगरपालिकामा ९ वटा वैकको शाखा र आधा दर्जन भन्दा बढी सहकारी संस्था रहेका छन् । गाउँपालिकामा सामान्य रुपमा सहकारी सञ्चालनमा आएपनि अब भने बैंकले शाखा नै सञ्चालन गर्ने भएको छ । बैक रहने स्थानमा अनिवार्य रुपमा प्रहरी चौकी चाहिने प्रावधान छ । पाँच गाउँपालिकामा नयाँ संरचनासँगै बैकहरुले शाखा खोल्ने भएका हुन् ।

यस्तो छ पाँच स्थानीय तहमा खुल्न लागेको बैकहरुः

खाँडादेवी गाउँपालिका सिभिल बैंक
दोरम्बा गाउँपालिका जनता बैंक
लिखु गाउँपालिका नेपाल इन्भेष्टमेन्ट बैक
गोकुलगंगा गाउँपालिका सिद्धार्थ बैक
उमाकुण्ड गाउँपालिका सनराइज बैक

 

प्रतिक्रिया दिनुहोस्