रामेछापको सुनापति गाउँपालिकामा किन खुलेन बैंक ?



६ साउन, रामेछाप ।
रामेछाप जिल्लाको पाँच वटा स्थानीय तहमा बैंक खुल्ने भएपनि सुनापति गाउँपालिकामा भने तत्काल बैकले शाखा नखोल्ने भएको छ । रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा यस अघि नै बैक सञ्चालनमा रहेका छन् ।
नयाँ संरचना अनुसार पाँच वटा स्थानीय तहको केन्द्रमा बैकको शाखा खुल्ने भएका छन् । तर सुनापति गाउँपालिका केन्द्र हिलेदेवीमा भने बैकको शाखा खुल्न समय लाग्ने भएको छ । हाल गाउँपालिको केन्द्र हिलेदेवीको सादीडाँडामा प्रहरी चौकी नहुँदा बैकहरुले निर्णय गरेका छैनन् ।
बैक स्थापना गर्नको लागि अनिवार्य रुपमा प्रहरी चौकी आवश्यक पर्ने भएको कारणले पनि निर्णय गर्न नसकिएको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले रामेछाप न्युजलाई बताइन ।

उनले भनिन,‘गाउँपालिकाको केन्द्र हिलेदेवीमा बैंकको शाखा खुल्छ, जिल्ला प्रहरी कार्यालय रामेछापलाई प्रहरी चौकी स्थापना गर्न आग्रह गरिसकेका छौ, केही दिनभित्र नै प्रहरी चौकी स्थापना भएपछि बैकको शाखा स्थापना हुन्छ ।’
सुनापति गाउँपालिकामा बैक एवं आइएमीको सुविधा नहुँदा कि एक दिन लगाएर मन्थली नगरपालिका जानु पर्ने बाँध्यता रहेको छ । गाउँपालिकाको केन्द्रमा बैकको शाखा स्थापना हुने भएपनि गाउँपालिका बासिन्दा खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्