रामेछापमा पुष्पलाल स्मृति दिवस मनाइयो



७ साउन,रामेछाप ।
पुष्पलालको जन्मभूमि रामेछापमा २९ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । रामेछापको मन्थली नगरपालिकास्थिति तीनलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यापर्ण गरी स्मृति दिवस मनाइएको हो ।


नेकपा एमाले रामेछाप जिल्ला कमिटिको आयोजनामा मनाइएको कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य देवशकंर पौडेलले कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुले पुष्पलालको चरित्र र नैतिकताबाट पाठ सिक्नु पर्ने बताए । उनले कम्युनिष्टहरुले पुष्पलालबाट धेरै कुरा सिक्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले पुष्पलालले लिएको विचारले असी प्रतिशता जनता समेटिएकोले अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताए ।
स्मृति दिवसको नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति पौडेल, मन्थली नगरपालिका नगर प्रमुख रमेश बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरुले पुष्पलालको शालिकमा माल्यापर्ण गरेका थिए ।
नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले भोली पुष्पलाल जन्मिएको स्थान रामेछापको भङ्गेरीमा पूर्व प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको सहभागीतमा कार्यक्रम हुने बताए । नेपाल पुष्पलाल स्मृति प्रतिष्ठाको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्