निर्वाचनपछि मात्र संविधान संशोधनः नेता नेपाल



८ साउन, रामेछाप ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपालले निर्वाचन अघि संविधान संशोधन हुन नसक्ने बताएका छन् । उनले प्रदेश र केन्द्रको निर्वाच्नपछि मात्र संविधान संशोधनको विषयमा छलफल गर्न सकिने बताएका हुन् ।

आगामी माघ ७ गतेभित्र नै सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिदै नेता नेपालले निर्वाचन अघि कुनै पनि हालतमा संविधान संशोधन हुन नसक्ने दावी गरे । पुष्पलालको ३९ औं स्मृति दिवसको अवसरमा प्रेस चौतारी रामेछापले रामेछाप नगरपालिकास्थित पुष्पलालको जन्मघर भङगेरीमा आयोजित कार्यक्रममाा उनले संविधान संशोधन जनताको माग नभएको बताए ।

मधेसका केही दलहरु निर्वाचनबाट डराएको आरोप लगाउदै नेता नेपालले प्रदेश र केन्द्रको निर्वाच्नमा एमालेले बहुमत ल्याएर बहुमतको सरकार बनाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्