श्याम कुमार श्रेष्ठको नाम हटाइयो,रामेछापले किन पाएन मन्त्री ?



१० साउन, काठमाडौं ।
रामेछापलाई नेकपा माओवादी केन्द्रले जनयुद्धको उदगमस्थल र आधार इकालाको रुपमा चित्रित गर्दै आएको छ । जनयुद्धको समयमा माओवादीले २०५३ पुस १९ गते रामेछापको बेथानमा सफल फौजी कारवाही गरेको थियो ।
जनयुद्धको क्रममा युद्धविरामको समयमा दोरम्बा हत्या काण्डमा तत्कालिन जनसरकार प्रमुख बाबुराम लामा सहित २१ ज्नाको सामुहिक हत्या गरिएको थियो । जनयुद्धको समयमा रामेछाप जिल्लाबाट मात्रै १ सय १८ जनाले ज्यान गुमाएका थिए ।
संविधानसभाको पहिलो निर्वाचनमा रामेछापको २ वटै निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा रामेछापबाट चार जना सांसद भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा देशभर पराजित भएको अवस्थामा रामेछाप क्षेत्र नम्बर २ बाट श्यामकुमार श्रेष्ठ विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा हार भएपनि रामेछापको ६४ वटा वडा मध्ये २३ वटा वडा र दुई गाउँपालिकामा विजयी हुन माओवादी सफल भएको थियो ।
रामेछापलाई पार्टीले जनयुद्धमा उच्च वलिदान गरेको अर्थ रुपमा लिने गरेको छ । तर मन्त्री बनाउने विषयमा पनि वेवास्था गर्दै आएको माओवादीका नेताहरु नै बताउछन् । रामेछापले जनयुद्धदेखि शान्ति प्रक्रिया हुदै अहिलेको अवस्था ल्याउनको लागि योगदान गरेपछि पार्टीले केन्द्रीय कार्यालयले भने वेवास्था गरेको भन्दै रामेछापका माअ‍ोवादीका नेता र कार्यकर्ताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट बनेका छन् ।


सुरुमा मन्त्री बन्ने सूचिमा भएपनि अन्तिमा हटाइयो
शेरबहादुर देउवाको नेतृत्वको सरकार बनेपछि माओवादी केन्द्रले सुरुमा उपप्रधानमन्त्री सहित तीन जनालाई सरकारमा सहभागी गरायो । देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको सूचिमा रामेछापका सांसद श्यामकुमार श्रेष्ठको नाम पनि सुरुदेखि नै रहेको थियो । सांसद श्रेष्ठ पनि यस पटक रामेछापको इतिहासको मुल्याङकन गर्नेमा ढुक्क थिए । सुरुदेखि नै मन्त्री बन्ने चर्चामा रहेका श्रेष्ठको नाम अन्तिम सयमा आएर हटाउदा भने रामेछापका माओवादी र जनतालाई निराश बनाएको छ । अध्यक्ष प्रचण्डले प्रदेश नम्बर ६ बाट तीन जना मन्त्री बनाउदा रामेछापलाई भने वेवास्था गरेको बताइएको छ ।

प्रचण्डले भने अहिले सकिएन
प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको सूचिमा श्यामकुमार श्रेष्ठको नाम नभएपछि रामेछाप माओवादीका नेताहरुले अध्यक्ष प्रचण्डलाई रामेछापको बेथान र दोरम्बाको इतिहासको सम्मान गर्न आग्रह गरेका छन् । तर जवाफमा प्रचण्डले यस पटक सकिएन भन्दै पन्छिएको, माओवादीका एक नेताले बताए । उनले रामेछाप न्युजसँग भने,‘प्रचण्डले इतिहास त बुझनु भयो तर रामेछापका जनतलाई बुझ्नै सक्नु भएन, निर्वाचनमा जनताले विश्वास गर्दा पनि पार्टी नेतृत्वले नै विश्वास गर्न सकेन ।’ प्रचण्डले मन्त्री बनाउन विभिन्न कारणले नसकिएको भन्दै राज्य मन्त्री बन्न श्रेष्ठसँ आग्रह गरेको ती नेताले बताए ।
नौ पटक सरकारमा सहभागी हुँदा रामेछापले पाएन
शान्ति प्रक्रियामा आएपछि माओवादीले तीन पटक त सरकारको नेतृत्व नै गरिसक्यो । यस अवधिमा नौ पटक सरकारमा सहभागी हुँदा पनि रामेछापबाट कुनै पनि सांसदलाई मन्त्री बनाउने मन गरेको छैन् । पटक–पटक पार्टीले न्याय गर्ने आशामा बसेको रामेछापका जनता यस पटक पनि पार्टीले मन्त्री नबनाउदा आक्रोशित भएका छन् ।
दोरम्बा र बेथानको वीरता सम्झने, सम्मान गर्न नजान्ने
अध्यक्ष प्रचण्डलाई रामेछापका नेताहरुले पार्टीले दोरम्बा र बेथानको वीरता र इतिहासको चर्चा गर्ने गरेपनि अवसर दिने बेलामा बहानाबाजी गर्ने गरेको आरोप लगाएका छन् । हामीले पार्टीले पटक–पटक रामेछापको वीरताको सम्मान गर्ने आशामा बस्यौ तर यस पटक पनि पार्टीले निराश बनाउने काम गर्यो, एक नेताले भने ।
सामाजिक सञ्जालमा पार्टीको अर्को आलोचना
पार्टीले रामेछापबाट यस पटक पनि मन्त्री नबनाउने निर्णय गरेपछि युवा नेता दिपेश पुनले लेखेका छन–जनयुद्धको पूर्वी लाल किल्ला रामेछाप्रति माओवादी नेताहरुको आँखा कहिल्य जादैन किन हो ? वगसंघर्ष, अन्तरसंघर्ष र नेतृत्वप्रति सधै इमान्दार पूर्वक चट्टानी एकताबद्ध भएर निरन्तर पहल लिनु नै रामेछाप जिल्ला पार्टीको कमजोरी हो र ? सत्य र न्यायको लागि इमान्दार कार्यकर्ता भएर आवाज उठाउनु हामी सबैको कर्तव्य हो ।
नेकपा माअ‍ोवादीका नेता एंव दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले लेखेका छन–आज रामेछापले फेरी अन्यायमा परेको अनुभूति भएको छ, हामीले के अपरोध गरेका थियौ वा अझै कति कोटा चुक्ता गर्न बाँकी थियो भने के बाँक्ी छ कति बाँकी छ ? यसको जवाफ केन्द्रीय कार्यालयले दिनुपर्छ, अन्यथा रामेछापमा विद्रोहको ज्वाल दन्किने छ, यसको जिम्मा पार्टी हेडक्वार्टरले लिनुपर्छ ।’
त्यसैगरी प्रचण्डको सचिवालयमा रहेका पूर्ण कार्कीले आफ्नो फेसबुक पेजमा लेखेका छन–रामेछाप अन्यायमा त्यो पनि प्रदेश नम्बरबाट मन्त्री ? के राजधानी प्रदेशलाई अन्यायमा पार्दा पार्टी १ नम्बर बन्ला ?

कांग्रेस र माओवादीविच भएको सहमतीअनुसार माओवादीको भागमा ९ र कांग्रेसको भागमा १३ मन्त्रालय परेको छ । जसअनुसार माओवादीले उपप्रधानमन्त्रीसहित गृह,परराष्ट्र र शहरी मन्त्रालयमा मन्त्री पठाइसकेको छ । अन्य ६ मन्त्रालयमा मन्त्रीको नाम टुंगो लगाएर पठाएको छ ।

माओवादीले गिरीराजमणी पोखरेल,टेकबहादुर वस्नेत,महेन्द्र शाही,आशा खनाल,शिव मण्डल र सन्त थारुलाई मन्त्री बनाउने निर्णय गरेको हो । जसअनुसार पौडेलले स्वास्थ्य मन्त्रालय,वस्नेतलाई कृषि, शाहीलाई उर्जा,खनाललाई महिला बालवालिका तथा समाज कल्याण मन्त्रालय र मण्डललाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने गरी नामावली पठाइएको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रदेश नम्बर ६ बाट तीन जनालाई मन्त्री बनाइने भएको छ । यसअघि ६ नम्बर प्रदेशबाट जनार्दन शर्मा गृहमन्त्रीको जिम्मेवारी लिएका छन् । महेन्द्र बहादुर शाही र टेकबहादुर बस्नेत पनि ६ नम्बर प्रदेशकै हुन् ।

 

प्रतिक्रिया दिनुहोस्